शनिबार, फागुन ३०, २०८२

त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई हरायो

त्रिदेशीय फुटबल सिरिज अन्तर्गत आज (मंगलबार) भएको पहिलो खेलमा बंगलादेशले संघर्षपूर्ण जित निकालेको छ।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– त्रिदेशीय फुटबल सिरिज अन्तर्गत आज (मंगलबार) भएको पहिलो खेलमा बंगलादेशले संघर्षपूर्ण जित निकालेको छ।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशको सिनियर टिमले कीर्गिस्तानको यू–२३ टिमलाई १–० गोलअन्तरले हराएको हो। 

खेलको २९ औं मिनेटमा कीर्गिस्तानले आत्मघाती गोल बेहोरेपछि बंगलादेशले पहिलो हाफमै अग्रता बनाएको थियो। बंगलादेशका मोहम्मद साद उद्दिनको क्रसलाई क्लियर गर्ने क्रममा कीर्गिस्तानका डिफेन्डर कुमरबज युलू बयमनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। यससँगै पहिलो हाफमा बंगलादेशले १–० गोलको अग्रता बनायो।

तर प्रतिस्पर्धात्मक दोस्रो हाफमा दुवै टिमबाट गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा थप गोल सम्भव भएन र खेल बंगलादेशले जित्यो। आजको खेलमा बंगलादेशका तीन खेलाडीले डेब्यू गरेका थिए। डेब्यू गर्नेमा मोहम्मद मेहेदी हसन, मोहम्मद रिमोन होस्सन र मोहम्मद मतिन मिह रहेका छन्।

आजको जितसँगै बंगलादेशले तीन अंक जोडेको छ। यो जितले उसलाई फाइनलसम्म पुग्न सहज भएको छ। त्रिदेशीय सिरिजअन्तर्गतको दोस्रो खेल बिहीबार दशरथ रंगशालामै हुनेछ। दोस्रो खेलमा आयोजक नेपालले कीर्गिस्थानसँग खेल्नेछ। आजको खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच बनेका छन्।

Laxmi sunrise bank
kumari

खेलपछि बंगलादेशका प्रशिक्षक जेस्म डेले आफ्नो टिमले राम्रो खेलेको बताए। उनले भने, ‘सोचेजस्तै खेल्यो। लचकतापूर्ण रुपले खेल्न सकियो। दोस्रो हाफमा सिनियर खेलाडी सहभागी गराउँदा पनि खेल उस्तै रह्यो। युवा खेलाडी दोस्रो हाफमा गलेपछि उनीहरुको ठाउँमा सिनियर खेलाडी राखेको हो।’ 

त्यस्तै प्रशिक्षक डेले आफ्नो टिमको फिनिसिङ लाइनमा केही समस्या रहेको बताएका छन्। खेलका म्यान अफ दि म्याच सोहिल रानाले जित निकालेकोमा खुसी रहेको बताए। उनले भने, ‘प्रतियोगितामा पहिलो जित निकै महत्वपूर्ण थियो। खुसी लागेको छ।’ 

कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोब नोर्बिकले अनुभवी टिमसँग खेल्दा गाह्रो हुने बताए। ‘पहिलो हाफमा खेलाडी कन्फ्युज भए। दोस्रो हाफमा पुनरागमन गर्न खोजे पनि सकेनौं,’ उनले खेलपछि भने। 

तस्बिरहरु : दिनेश श्रेष्ठ

प्रकाशित: Mar 23, 2021| 13:54 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।