शुक्रबार, असार २६, २०८३

दशरथ रंगशालामा सुरु भयो त्रिदेशीय फुटबल

दशरथ रंगशालामा ६ वर्षपछि सोमबार अन्तर्राष्ट्रिय सिनियर टिमको फुटबल प्रतिस्पर्धा सुरु भएको छ।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं – दशरथ रंगशालामा ६ वर्षपछि सोमबार अन्तर्राष्ट्रिय सिनियर टिमको फुटबल प्रतिस्पर्धा सुरु भएको छ।
नेपालसहित किर्गिस्तान र बंगलादेश सम्मिलित त्रिदेशीय सिरिजअन्तर्गत उद्घाटन खेलमा पाहुना टिम किर्गिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ।
विश्वकप छनोट खेल नेपालबाट कुबेतमा सरेपछि एन्फाले खेलाडीको मनोबल बढाउन त्रिदेशीय सिरिज आयोजना गरेको हो।
सोही कार्यक्रमअन्तर्गत दशरथ रंगशालामा सोमबार साढे पाँच बजे प्रतिस्पर्धा सुरु गरिएको हो।

२०७२ सालको भूकम्पपछि दशरथ रंगशालामा सिनियर टिमको खेल आयोजना भएको थिएन।

यसअघि २०१५ मा एएफसी प्रिलिमिनरी राउन्डमा नेपालले भारतसँग बराबरी खेलेको थियो। भारतमा भएको पहिलो लेगको खेलमा भने २–० को हार बेहोरेको थियो।

तर १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भएको ओलम्पिकको टिमको फुटबल खेल भने दशरथ रंगशालामा भएको थियो।

त्रिदेशीय सिरिजको उद्घाटन युवा तथा खेलकुदमन्त्री दावा लामाले गरे। उद्घाटन समारोहमा मन्त्री लामाले कपको सफलताको शुभकामना व्यक्त गरे। उनले प्रतियोगिताको आयोजनाका लागि एन्फालाई धन्यावदसमेत दिए। समारोहमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत उपस्थित छन्।

लामो समयपछिको खेल भए पनि रंगशालामा दर्शकको उपस्थिति भने निकै कम छ। १२ हजार क्षमताको साधारणतर्फको प्यारापिटमा एन्फाले १० हजार पाँच सय समर्थकलाई खेल हेर्न अनुमति दिए पनि सबैजसो सिट खाली छन्।
 

प्रकाशित: Mar 23, 2021| 12:01 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।