शुक्रबार, असार २६, २०८३

अन्तरकलेज खो खो चैत २० गतेबाट

काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा नम्बर १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा नम्बर १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ।

प्रतियोगितामा छात्र–छात्रामा समान ५–५ गरी १० टिमको सहभागिता रहने मंगलबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिए।

दुवै समूहमा सहभागीले पहिले एक आपसमा राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्। शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन्।

दुईदिने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा हुने छ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको प्रतिस्पर्धा उक्त कभर्डहलमा भएको थियो।

१३ औं सागमा नेपालले महिलामा रजत र पुरुषमा कांस्य पदक जितेको थियो। २०४६ सालको जन आन्दोलनको क्रममा शहिद बनेका राजेन्द्र महर्जन, राजमान माली, हीराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा नेपाल खो खो संघको प्राविधिक सहयोग रहनेछ ।

प्रकाशित: Mar 23, 2021| 11:28 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।