शुक्रबार, असार २६, २०८३

मिल्स गोल्डकप : एलेभने एरोज दुहबी सेमिफाइनलमा 

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्लब दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

विराटनगर- विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्लब दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ। 

विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा सोमबार भएको खेलमा १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई १–० गोलले पराजित गरी एलेभेन एरोज सेमिफाइनलमा प्रवेश गरेको हो। 

एलेभेन एरोजका उमेश कार्कीले खेल सुरु भएको २५ औं मिनेटमा गरेको गोल नै टिमको जितको लागि निर्णायक बन्यो।

कार्की खेलको म्यान अफ द म्याच बने। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। एलेभेन एरोले चैत ११ गते फाईनल प्रवेशका लागि सशस्त्र प्रहरी वल पूर्वाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेल धरान सिटी फुटवल एकेडेमी सुनसरी र शताक्षीधाम स्पोर्ट्स क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ।

प्रकाशित: Mar 22, 2021| 14:15 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।