शुक्रबार, असार २६, २०८३

सप्तरी प्रिमियर लिगमा तिलाठी कोइलाडी र किंग्स विजयी 

तेस्रो संस्करणको सप्तरी प्रिमियर लिग अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडी जायन्ट्स र टिभीएस किंग्स राजविराजले जित हात पारेका छन्।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठाडौं- तेस्रो संस्करणको सप्तरी प्रिमियर लिग अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडी जायन्ट्स र टिभीएस किंग्स राजविराजले जित हात पारेका छन्।

राज रंगशालामा सम्पन्न पहिलो खेलमा दीपेन्द्र ऐरी कप्तान रहेको तिलाठी कोइलाडीले विवेक यादव कप्तानीको खडक वारियर्सलाई ४ विकेटले पराजित गरेको छ। 

खडकले दिएको १०० रनको लक्ष्य तिलाठी कोइलाडीले १७.४ ओभरमा ६ विकेट क्षतिमा पुरा गर्दै खेल जितेको हो। तिलाठीको लागि ओपनर आशिष झाले सर्वाधिक ६५ रन बनाए। दीपेश कंडेलले अविजित १३ रन जोडे।

खडकको बलिङमा भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको खडकले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो।

वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १४ रन तथा पप्पु यादवले १० रन बनाए।

तिलाठीको बलिङमा दायाँ हाते फास्ट बलर आदील अन्सारीले सर्वाधिक ४ विकेट लिए। साथै राशिद खान र दीपेश कंडेलले समान २ विकेट लिए। कप्तान ऐरी र मनिष मण्डलले समान १ विकेट लिए।

दोस्राे खेलमा किंग्स राजविराजले बोदे बर्साईन थन्डर्सलाई सुपर ओभरमा पराजित गर्यो।  टिभीएस किंग्स राजविराजले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। 

सुपर ओभरमा पहिले ब्याटिङ गरेको बोदे बर्साईनले ४ रन बनाएर ५ रनको लक्ष्यलाई किंग्सले ३ बलमै भेटायो।  
बोदे बर्साईन थन्डर्सको ब्याटिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४६ रन बनाए यस्तै अविनाश कर्णले ४३ बलमा ४२ रन बनाए।

किंग्सको बलिङमा रोहित सिंह र दिनेश अधिकारीले समान २ विकेट तथा मेहबुब आलम र सुरज कुर्मीले समान १ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको किंग्स राजविराजले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५६ रन बनाएको थियो।
किंग्सको लागि दिनेश अधिकरीले सर्वाधिक ५१ रन योगदान दिए। यस्तै सोनु अन्सारीले ३० र सुरज प्रसाद कुर्मीले २५ रन बनाए। 

बोदे बर्साईन् थन्डर्सको बलिंगमा विशाल सुस्लिङ, बसन्त रेग्मी र सिद्धान्त लोहनीले समान २ विकेट लिए। 
लिगअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्।

बिहान ९ बजे सुरु हुने पहिलो खेलमा रुपनी राईडर्स र तिलाठी तथा दिउसो १ बजे सुरु हुने दोस्रो खेलमा बोदे बर्साईन् र खडक वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Mar 22, 2021| 13:11 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।