शुक्रबार, असार २६, २०८३

ललितपुरको प्रशिक्षकमा हुमागाई नियुक्त

आगामी बैसाख ११ गते सुरु हुने पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को क्लब ललितपुर सिटीले प्रदीप हुमागाईंलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं- आगामी बैसाख ११ गते सुरु हुने पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को क्लब ललितपुर सिटीले प्रदीप हुमागाईंलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

ललितपुरले आज काठमाडौंमा एक कार्यक्रम गर्दै हुमागाईंलाई हेड कोचमा नियुक्त गरेको हो।

उनले ए डिभिजन क्लब थ्रि स्टारमा प्रशिक्षण गराइसकेका छन्। ललितपुरले यसअघि नै मार्की खेलाडीका रुपमा अन्जन विष्टलाई अनुबन्ध गरिसकेको छ। साथै गत शुक्रबार सम्पन्न अक्सनबाट पनि उसले १४ खेलाडी छनोट गरिसकेको छ।

अक्सनमा सबैभन्दा धेरै १२ लाख १५ हजार खर्च गरेको ललितपुरले उत्कृष्ट खेलाडी भित्र्याएको छ। उसले एरिक विष्टलाई सर्वाधिक दुई लाखमा भित्र्याएको थियो।

ललितपुको टिममा विनोद गुरुङ (२० हजार), कमल श्रेष्ठ (एक लाख २० हजार), प्रवेश दनुवार (एक लाख २० हजार), मिक्छेन तामाङ (एक लाख २० हजार), नविन लामा (७५ हजार), विमल राना (एक लाख २० हजार), रोहित कार्की (२० हजार), संन्यज योन्जन लामा (२० हजार), रन्जन विस्ट (५० हजार), निरोज बस्नेत (७५ हजार), पासाङ लामा (एक लाख), गौरव बुढाथोकी (७५ हजार), अर्पण कार्की (एक लाख) लगायतका खेलाडी छन्।

ललिपुरले शुक्रबार सम्पन्न अक्सनमा ३ लाख ३५ हजार मात्र पर्स रकम राखेको थियो।

अब उसले दुई लोकल खेलाडी र तीन विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ।

प्रकाशित: Mar 22, 2021| 13:05 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।