शनिबार, फागुन ३०, २०८२

विराजले संन्यास लिनेबारे जानकारी छैन : प्रशिक्षक महर्जन

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका कप्तान विराज महर्जनले संन्यास लिनेबारे टिममा कुरा नभएको बताएका छन्।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं– राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका कप्तान विराज महर्जनले संन्यास लिनेबारे टिममा कुरा नभएको बताएका छन्।

National life

भोलिबाट सुरु हुने त्रिदेशीय सिरिजको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विराजको संन्यासबारे सञ्चारकर्मीले जिज्ञासा राखेपछि प्रशिक्षकले त्यसबारे आफू जानकार नभएको बताएका हुन्। ‘मसँग चाहिँ कुरा भएको छैन। एन्फा र खेलाडीबीच भएको हुन पनि सक्छ। त्यसबारे मलाई थाहा छैन,’ उनले भने।

नेपाली टिमको कप्तानी सम्हालिरहेको अवस्थामा विराज लामो समयसम्म टिममा नै नपरेपछि उनको फुटबल भविष्यबारे चर्चा हुँदै आएको थियो। उनले एउटा अन्तर्राष्ट्रिय खेल खेलेर संन्यास लिने खुलासा पनि गर्दै आएका छन्। यस्तैमा एन्फाले नेपाल–बंगलादेश–कीर्गिस्तान सम्मिलित त्रिदेशीय सिरिज भोलिबाट सुरु गर्दैछ। अब डिफेन्डर महर्जनले यो प्रतियोगितापछि संन्यास लिने हुन् वा होइनन् सार्वजनिक भइसकेको छैन।

पत्रकार सम्मेलनमा विराजबारे प्रशिक्षक महर्जनले भने, ‘विराजको बारेमा टिममा छुट्टै केही निर्णय भएको छैन। उनले संन्यास लिनेबारे केही भन्न सक्दिनँ।’ प्रशिक्षक महर्जनले विराज टिममा पर्न गाह्रो भएको पनि बताए। यसकारण उनले कप्तानीको जिम्मेवारी पनि गोलकिपर किरण चेम्जोङलाई दिने निर्णय गरेका छन्।

‘टिमको कप्तान  किरण चेम्जोङ नै हो। अहिलेको लागि ऊ नै क्यापेबल खेलाडी हो र टिम लिड गर्न सक्ने खेलाडी पनि हो,’ प्रशिक्षक महर्जनले भने, ‘अनि टिमका भाइस कप्तान रोहित चन्द रहनेछन्।’

Laxmi sunrise bank
kumari

भारतमा पञ्जाब एफसीको तर्फबाट आइलिग खेलिरहेका चेम्जोङ आज नेपाल आउँदै छन्। उनी नेपाल आएर कोभिड–१९ टेस्ट नेगेटिभ आएपछि टिममा सम्मिलित हुनेछन्।

एन्फाको होस्टेलमा रहेर राष्ट्रिय टिमसँगै तालिम गरिरहेका डिफेन्डर विराटबारे थप प्रष्ट हुनुपर्ने प्रशिक्षक महर्जतको धारणा छ। उनी भन्छन्, ‘पहिलेका कप्तान विराज हुन्। तर उनी राष्ट्रिय टिम भित्र–बाहिर भइरहेका छन्। उनलाई फेरि एउटा मौका मिलेको मात्र हो।’

उनले थपे, ‘तर टिमको कप्तान हुनका लागि पहिले टिममा पर्नुपर्छ नि। प्यारापिटमा बस्ने खेलाडीलाई त कप्तान राख्न मिलेन !’ खेल र लिडरसिपका हिसाबले चेम्जोङ ठिक भएका कारण कप्तानीको चार्ज चेम्जोङले सम्हाल्न उचित हुने महर्जनको ठहर छ। टिममा पर्दापर्दै एन्फाले बोलाउने बन्द प्रशिक्षणमा विराज पर्न छोडेपछि राष्ट्रिय टिमको कप्तानमा किरण र भरत खवास रहँदै आएका छन्। दुवै खेलाडीको अभावमा सुजल श्रेष्ठले पनि नेपालको कप्तानी गरेका छन्।

त्यसैले अहिले एन्फाले कुनै एक खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छैन। तर पछिल्लो समय किरण चेम्जोङले आफू राष्ट्रिय टिमको कप्तान रहेको दाबी गर्दै आएका छन्। उनले सामाजिक सञ्जालमा पनि आफूलाई कप्तान बताएका छन्।

करिब तीन महिनाअघि एन्फाले विराजसहित ५८ खेलाडीलाई अभ्यासमा बोलाउँदा गरिएको पत्रकार सम्मेलनमा पनि विराजले एउटा अन्तर्राष्ट्रिय गेम खेल्दै संन्यास लिने बताएका थिए।

फिफा विश्वकप २०२२ र एसियाकप २०२३ को संयुक्त छनोटको अभ्यास सुरु भएको दिन (मंसिर २८ गते) उनले भनेका थिए, ‘एन्फासँग कुरा राखेको छु। एउटा राम्रो खेलमा अवसर पाएपछि राष्ट्रिय टिमको उत्कृष्ट लिडरलाई कप्तानी सुम्पिएर संन्यास लिन मन छ।’

प्रकाशित: Mar 22, 2021| 12:24 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।