शुक्रबार, असार २६, २०८३

मिल्स गोल्डकप : साइनो स्पोर्ट्स सेमिफाइनलमा प्रवेश 

विराटनगरमा जारी प्रथम मिल्स गोल्डकप प्रतियोगितामा साइनो स्पोर्ट्स क्लब रानी, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

विराटनगर- विराटनगरमा जारी प्रथम मिल्स गोल्डकप प्रतियोगितामा साइनो स्पोर्ट्स क्लब रानी, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। 

विराटनगर जुट मिल्सको खेलमैदानमा आइतबार भएको प्रतियोगितामा साइनोले गाईघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोलले पराजित गर्‍यो। साइनोले खेल सुरु भएको ८ औं मिनेटमा गिलसन कन्दङबाको गोलबाट खाता खोलेको थियो।

साइनोका गिलसनले १५ औँ मिनेटमा दोस्रो गोल गरी टिमलाई २–० गोलको अग्रता दिलाए। सुशन तामाङले निकालिदिएको पास गिलसनले वान भर्सेस वानको प्रहार जाली चुम्यो।

साइनोले दोस्रो गोल गरेको तीन मिनेट बित्न नपाउँदै खेलको १८ औं मिनेटमा गाइघाटका रविशंकर चौधरीले डिवक्स भित्रदेखि गरेको प्रहार गोलमा परिणत भयो। पहिलो हाफसम्म २–१ गोलले साइनकोले अग्रता कायम गर्‍यो।

साइनोका जीवन धामीले खेलको ८० औं मिनेटमा गोलगर्दै जित सुनिश्चित गरे। खेलको म्यान अफ दी म्याच कन्दङबा घोषित भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। 

सोमबारको खेल १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र एलेभेन एरोज क्बल दुहबी सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ। 

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार हात पार्ने छन्।

प्रकाशित: Mar 21, 2021| 14:12 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।