शुक्रबार, असार २६, २०८३

सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनीको जित

तेस्रो संस्करणको सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनी राइडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गरेको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं- तेस्रो संस्करणको सप्तरी प्रिमियर लिगको उद्घाटन खेलमा रुपनी राइडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गरेको छ।

राज रंगशालामामा टस जितेर बलिङ राजेको बोदेले रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभर ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।

बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन, योगेन्द्र सिंह कार्की र विकास दासले समान १७ रन बनाए। 

रुपनी राइडर्सको बलिङमा सुमित झाले सर्वाधिक ४ विकेट लिए। यसक्रममा उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए। अनिल यादवले २ विकेट तथा फिर्दोश अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज कुमार यादवले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १४७ रन बनाएको थियो।
रुपनीको लागि ओपनर सुनिल धमलाले ३७ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रन बनाए। त्यस्तै, निरज मुखियाले १९ रन, अनिल यादवले अविजित १७ रन, अनुज यादवले अविजित १५ रन तथा कुशल भुर्तेलले १२ रन बनाए।

बोदे बर्साईनको बलिङमा अफस्पिनर विशाल सुस्लिङले सर्वाधिक ३ विकेट लिए, नारायण जोशी, पप्पु यादव र वसन्त रेग्मीले समान १ विकेट लिए।  खेलको प्लेयर अफ दि म्याच सुनिल धमला भए।

लिगअन्तर्गत भोलि (सोमबार) दुई खेल हुनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा दीपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टस र पवन सर्राफ कप्तानीको बजाज खडक वारियार्स तथा दिउँसो १ बजे हुने खेलमा मेहबुब आलम कप्तानी टिभीएस किंग्स राजविराज र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Mar 21, 2021| 13:06 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।