शुक्रबार, असार २६, २०८३

हाल्यान्डले बुन्डेसलिगामा बनाए अर्को रेकर्ड

बोरुसिया डर्टमन्डका फरवार्ड इर्लिङ ब्रुट हाल्यान्डले जर्मन शीर्ष डिभिजन फुटबल बुन्डेसलिगामा नयाँ रेकर्ड बनाएका छन्। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं – बोरुसिया डर्टमन्डका फरवार्ड इर्लिङ ब्रुट हाल्यान्डले जर्मन शीर्ष डिभिजन फुटबल बुन्डेसलिगामा नयाँ रेकर्ड बनाएका छन्। 

शनिबार राति कोल्नको मैदानमा घरेलु टिमविरुद्ध दुई गोल गर्ने क्रममा उनले नयाँ रेकर्ड दर्ज गरे। 

खेलको तेस्रो र अन्तिम मिनेटमा गोल गरेका हाल्यान्डले सर्वाधिक सानो उमेरमा एकै सिजनमा २० गोलको रेकर्डलाई तोडेर आफ्नो रेकर्ड कायम गरेका हुन्। 

उनले २० वर्ष सात महिना ३० दिनमा २० गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन्। उनले दुई गोल गरेसँगै अब शीर्ष गोलकर्ताको तालिकामा रोबर्ट लेवान्डोस्कीपछि दोस्राे स्थानमा छन्।

बुन्डेसलिगाबाहेक उनले च्याम्पियन्स लिगमा पनि सबैभन्दा छिटो २० गोल गर्ने खेलाडी बनेका थिए। 

नर्वेजियन फरवार्डले १४ खेलमा २० गोल गर्दै नयाँ रेकर्ड बनाए। त्यसअघि मेस्सीले ४० खेलमा २० गोल गरेका थिए। २० गोल गर्न रोनाल्डोले ५६ खेल खर्च गरेका थिए।

हाल्यान्डले रेकर्ड आफ्नो नाममा गर्नुअघि यो रेकर्ड ह्यारी केनको नाममा थियो। केनले २४ खेलमा २० गोल गर्दै रेकर्ड बनाएका थिए।

उनले यसअघि पनि दुई सिजनमा गरी बुन्डेसलिगामा डेब्यू गरेको एक वर्षमै २५ खेलमा २५ गोल गर्दै नयाँ रेकर्ड बनाएका थिए। 

त्यस्तै उनी गत सिजनका सुरुआती चार खेलमा आठ गोल गर्र्ने पहिलो खेलाडी बनेका थिए।

प्रकाशित: Mar 21, 2021| 06:03 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।