शुक्रबार, असार २६, २०८३

त्रिदेशीय फुटबलका लागि चिटिक्क दशरथ रंगशाला (तस्बिरहरु)

गत वर्ष फागुन ३ गतेपछि फुटबलप्रेमीले दशरथ रंगशालामा कुनै खेल हेर्न पाएका छैनन्।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– गत वर्ष फागुन ३ गतेपछि फुटबलप्रेमीले दशरथ रंगशालामा कुनै खेल हेर्न पाएका छैनन्। अझ नेपाली समर्थकले १३ औं सागको फाइनलपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल हेर्ने मौकै पाएका छैनन्।

लामो समयपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हुने भएको छ। यही चैत १० गते मंगलबार सुरु हुने त्रिदेशीय प्रतियोगिताको लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला लगभग तयार भएको छ।

रंगशालामा बढेको घाँस लन स्ट्राइपिङ डिजाइनमा काटिएको छ। प्रतियोगिताका भेन्यु म्यानेजर दीलिप रजकले नेपाल समयसँग भने, ‘यो सिजनको घाँस चाँडो चाँडो बढ्छ। त्यसमाथि मल पुगेको घाँस छ, त्यसैले सधै काट्नुपर्छ।’

नेपालसँग अष्ट्रेलिया र चाइनिज ताइपेईको खेलका लागि तयार भएर बसेको मैदान कोभिड–१९का कारण खेल रोकिँदा यसअघि शून्य थियो। नेपालमा हुने भनिएको तीन अन्तर्राष्ट्रिय खेल एसियाली फुटबल महासंघले तीनपटक सारेपछि एक वर्ष अघि हुने खेल अहिलेसम्म हुने सकेको छैन। तयाँ तालिका अनुसार यो रंगशालामा हुने भनिएको विश्वकप क्वालिफायरको खेल कुवेतमा सरिसकेको छ।

नेपालको खेल कुवतमा सरेपछि एन्फाले त्रिदेशीय खेल गराउन लागेको हो। गत वर्षको सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अन्तिम खेलमा हेविवेट मछिन्द्र क्लबले त्रिभुवन आर्मीलाई एक गोलले पछि पार्दै उपाधि कब्जा गरेको थियो। त्यो दिन फुटबल हेर्नका लागि रंगशालामा ठूलो भीड जम्मा भएको थियो। धेरै समयपछि रौनक छाएको थियो नेपाली फुटबलमा।

गत वर्ष साग गराउनका लागि हतारहतार निर्माण गरिएको रंगशालामा लिगका पछिल्ला खेल सातदोवाटोस्थित एन्फाका मैदानमा सारिएको थियो। त्यसबेला पनि केही समय रंगशालामा खेल भएनन्। अन्तिममा एक खेल गराएर ए डिभिजन लिगको विजेता दिलाएको मैदानले अहिले भने फुटबल कहिले होला भनेर कुरेर बसिरहेको छ। 

‘कोरोनाका कारण बी डिभिजन लिगका साथै, सी डिभिजन र महिला लिग स्थगित हुँदा पनि रंगशालाको काम रोकिएको थिएन,’ रजकले भने। भूकम्पले लामो समयसम्म थलिएको रंगशालाले धेरै समयसम्म खेल खेलाउन पाएको थिएन। अब रंगशालामा फेरि फुटबलले ठूलो मात्रमा दर्शक पाउने भएको छ।

त्यसका लागि कर्मचारीले मेहनत गरेर मैदान तयार पारेका छन् । ‘अब बाँकी रहेको काम भनेको टचलाइन, गोललाइन, सेन्टरलाइन आदि बनाउने हो। त्यो चाहिँ खेलको दिन नै गर्छौँ। १० गते साँझ साढे पाँच बजे पहिलो खेल छ। त्यसको २–३ घण्टा अघि सक्छौं,’ भेन्यु म्यानेजर रजकले भने। रजकका अनुसार रंगशालाको प्यारापिटको सरसफाइ पनि भइसकेको छ।

 

प्रकाशित: Mar 21, 2021| 02:05 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।