शुक्रबार, असार २६, २०८३

एभर्टनविरुद्ध जित निकाल्दै सिटी एफए कपको सेमिफाइनलमा

एभर्टनको पोस्टमा दुई गोल प्रहार गर्दै प्रिमियर क्लब म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं – एभर्टनको पोस्टमा दुई गोल प्रहार गर्दै प्रिमियर क्लब म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ।

शनिबार राति सम्पन्न क्वार्टरफाइनलको दोस्रो खेलमा सिटीले एभर्टनविरुद्ध २–० गोलको जित निकालेको हो।

जितका लागि सिटीका इलको गुन्डोगन र केभिन डिब्रुनलले समान १–१ गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।

प्रतिस्पर्धात्मक खेलको ८४ औं मिनेटमा गोल गर्दै गुन्डोगनले खेललाई आफ्नो पक्षमा ढल्काएका थिए। त्यस्तै अन्तिम मिनेटमा रोड्रेज हर्नान्डेजले दिएको पासको सदुपयोग गर्दै डी ब्रुनले गोल गर्दै सिटीलाई जित दिलाए।

यो जितसँगै सिटीले सेमिफाइनलमा साउथह्याम्टनलाई जोइन गरेको छ। साउथह्याम्टनले पनि गएराति बर्नेमाउथलाई ३–० गोलले हराएको थियो।

एफए कपका बाँकी खेल आज राति हुनेछन्। बाँकी खेलमा चेल्सीले शेफिल्ड युनाइटेडसँग खेल्ने छ भने लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।

प्रकाशित: Mar 21, 2021| 01:38 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।