शुक्रबार, असार २६, २०८३

बेञ्जिमाको दोहोरो गोलमा रियलको जित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले जित निकालेको छ। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं – स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले जित निकालेको छ। 

सेल्टा भिगोको मैदानमा सम्पन्न खेलमा पाहुना टिम रियलले घरेलु टिमविरुद्ध ३–१ गोलको जित निकालेको हो।

जितका लागि करिम बेञ्जिमाले दुई र मार्को एसेन्सियाले एक गोल गरे। 

बेञ्जिमाले खेलको २० औं र ३० औं मिनेटमा गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाएका थिए। तर, ४० औं मिनेटमा सेल्टाका सान्ठी मिनाले गोल गर्दै खेलमा फर्कन चाहे।

डिफेन्स लाइनमा बलियो बनेको रियलले सेल्टालाई बाँकी अवसर प्रदान नगर्दा सेल्टाले गोल गर्न सकेन। बरु इन्ज्युरी समयमा रियलकै एसेन्सियोले गोल गर्दै खेललाई ३–१ गोलअन्तरमा पुर्‍याए।

यो जितसँगै ला लिगामा दोस्रो स्थानको रियलको ६० अंक छ। एक खेल हातमा रहेको एथ्लेटिको मड्रिड ६३ अंकका साथ शीर्षस्थानमा छ। त्यस्तै तेस्रो स्थानको बार्सिलोनाको ६० अंक छ।

पराजित सेल्टा भिगो भने ३४ अंकका साथ ११ औं स्थानमा छ।

प्रकाशित: Mar 21, 2021| 01:15 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।