शुक्रबार, असार २६, २०८३

बुन्डेसलिगामा बायर्नको सानदार जित, बराबरीमा रोकियो डर्टमन्ड

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन बायर्नले सानदार जित निकालेको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन बायर्नले सानदार जित निकालेको छ।

बायर्नकै मैदानमा सम्पन्न खेलमा उसले भीएफबी सुटरगार्टविरुद्ध ४–० गोलको फराकिलो जित निकाल्यो।

खेलको १२ औं मिनेटमै १० खेलाडीमा समेटिएको बायर्नका रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने सर्ज गन्याब्रीले एक गोल गरे। 

ह्याट्रिक गर्ने क्रममा लेवान्डोस्कीले पहिलो हाफको १७ औं, २३ औं र ३९ औं मिनेटमा गोल गरे। उनको गोलका लागि गन्याब्री र थोमस मुलरले पास उपलब्ध गराएका थिए।

२३ औं मिनेटमा गन्याब्रीले गोल गर्दा लेरोय सानेले पास उपलब्ध गराए। पहिलो हाफको नतिजाका साथ जित निकालेको बायर्नले शीर्षस्थानमा ६१ अंक बनाएको छ।

यता पराजित सुटरगार्ट ३६ अंकका साथ आठौं स्थानमा छ।

शनिबार रातिको अर्को खेलमा कोल्नले बोरुसिया डर्टमन्डसँग २–२ गोलको बराबरी खेलेको छ। 

कोल्नको मैदानमा भएको खेलमा डर्टमन्डका लागि इर्लिङ हाल्यान्डले दुई गोल गरे भने कोल्नका ओन्देज डुडा र इसमल ज्याकोबोसले एक–एक गोल फर्काए। 

बराबरीसँगै ४३ अंक जोडेको डर्टमन्ड पाँचौ स्थानमा छ। शीर्षस्थानको बायर्नभन्दा १८ अंक पछि छ।

यता अर्को टिम कोल्न २३ अंकका साथ १४ औं स्थानमा छ।

प्रकाशित: Mar 21, 2021| 01:07 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।