शुक्रबार, असार २६, २०८३

मिल्स गोल्डकप : एपीएफ सेमिफाइनलमा प्रवेश

प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता शनिबार विराटनगरमा सुरु भएको छ।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

विराटनगर- प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगिता शनिबार विराटनगरमा सुरु भएको छ। उद्घाटन खेलमा उर्लावारी फुटवल क्लवलाई पराजित गर्दै सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ। 

उर्लाबारी फुटवल क्वल मोरङलाई एपीएफले ३-० गोल अन्तरले पाखा लगाएको थियो। खेलको ४२ औं मिनेटमा सशस्त्रका समिर राईले हेडमार्फत् गोल गरी टिमलाई अग्रता दिलाए। 

पहिलो गोल गरेको १० मिनेटपछि सशस्त्रले दोस्रो गोल गर्‍यो। सशस्त्रका योगेश बुर्जामगरले ५२ औं मिनेटमा गोललाई एक्लै अगाडि बढाएर डिवक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो। दोस्रो हाफदेखि उर्लावारीले सुधारेको प्रर्दशन गरे पनि आधा दर्जन बढी पाएको अवसर खेर फालेको थियो। 

खेलको ७९ औं मिनेटमा सशस्त्रका योगेस बुर्जामगरले पुनः दोस्रो गोल गरी टिमको जित सुनिश्चत गरे। खेलको म्यान अफ द म्याच सशस्त्र प्रहरीका योगेश बुर्जामगर घोषित भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे।

विराटनगर- १६ स्थित मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको गोल्डकपमा आइतबारको खेल साइनो स्पोर्ट्स  क्लब रानी मोरङ र गाईघाट फुटबल क्लव उदयपुरबीच हुनेछ।

चैत १४ गतेसम्म हुने प्रतियोगितामा प्रदेश १ का ८ टिमको सहभागिता रहेको ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए। प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार प्राप्त गर्ने कोषाध्यक्ष विष्णु डंगोलले वताए।

प्रकाशित: Mar 20, 2021| 14:49 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।