शुक्रबार, असार २६, २०८३

एसियन बक्सिङ च्याम्पियनशिपमा नेपाल सहभागी हुने

भारतको नयाँदिल्लीमा आगामी मे २१ देखि ३१ सम्म सञ्चालन हुने एसियाली मेन्स/वुमेन्स बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं- भारतको नयाँदिल्लीमा आगामी मे २१ देखि ३१ सम्म सञ्चालन हुने एसियाली मेन्स/वुमेन्स बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ।

एसियन बक्सिङ कन्फेडेरेसन (एआईबीए) अन्तर्गतको यो प्रतियोगिता एसियाकै सबैभन्दा ठूलो बक्सिङ प्रतियोगिता हो।

एआईबीएको तौल समूहअन्तर्गत रहेका महिला तथा पुरुषको छनोटका लागि बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरिएको छ।

१९ वर्ष देखि ४० वर्षसम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागी हुन पाउने नेपाल बक्सिङ संघले जनाएको छ।

यही चैत्र २९–३१ गतेसम्म सातदोबाटोस्थित बक्सिङ हलमा हुने खुला छनोट खेलमा सहभागिता जनाउन मातहतका जिल्ला बक्सिङ संघ, क्लब र विभागीय टिमलाई तयारी थाल्न संघले जानकारी गराएको छ।

टोक्यो ओलम्पीकको पूर्व सन्ध्यामा हुन लागेको यस प्रतियोगिताले सहभागी जनाउने सबै राष्ट्रका लागि महत्वपूर्ण मानिएको छ।

प्रकाशित: Mar 19, 2021| 13:52 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।