शुक्रबार, असार २६, २०८३

विराटनगरका मार्की खेलाडी रन्जित

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको पूर्वेली क्लब विराटनगरका मार्की खेलाडीमा राष्ट्रिय फुटबल टिमका रन्जित धिमाल रहने भएका छन्।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको पूर्वेली क्लब विराटनगरका मार्की खेलाडीमा राष्ट्रिय फुटबल टिमका रन्जित धिमाल रहने भएका छन्।

उनले पछिल्लो सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबबाट खेल्दै लिग जिताएका थिए। सम्झौताअनुसार अनुबन्ध गरेको रकम उल्लेख नगरिने भएकाले सार्वजनिक नगरिएको धिमालले बताएका छन्।

मार्की बनेपछि धिमालले भने, ‘गृहनगर विराटनगरबाट खेल्न पाउँदा खुसी छु। क्लबलाई धन्यवाद दिन चाहन्छु। यो गेमलाई मैले एकदमै ठूलो अवसरको रुपमा लिएको छु। म आफ्नो पूरा एफोर्ट त्यसमा लगाउने छु।’

क्लबका कार्यकारी अफिसर सुवासिस कोइरालले व्यस्त सेड्युलको अन्तिममा आफूले मार्की खेलाडी घोषणा गरेको र प्रशिक्षक पनि चाँडै घोषणा गर्ने बताएका छन्।

यसअघि नै धनगढी क्लबले विशाल राई, ललितपुर एफसीले अन्जन विष्ट, काठमाडौं रेजर्सले विकेश कुथू र चितवन क्लबले भरत खवसालाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरिसकेका छन्।

पोखरा थन्डर्स र बुटवल पोखराले मार्की खेलाडीको घोषणा गरेका छैनन्। प्रतियोगिताको अक्सन भोलि शुक्रबार हुनेछ। अक्सनमा जाने १५८ जना खेलाडीलाई ए, बी र सी श्रेणीमा वर्गीकरण गरेर एन्फाले लिस्ट सार्वजनिक गरेको छ।

जारी गरेको लिस्टको ए श्रेणीमा ३५, बी मा ६५ र सीमा ५८ खेलाडी रहेका छन्।

प्रकाशित: Mar 18, 2021| 12:35 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।