शुक्रबार, असार २६, २०८३

विराट गोल्डकप विजेताको पुरस्कार १५ लाख

यही चैत २६ गतेदेखि विराट गोल्डकप सुरु हुँदैछ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

विराटनगर– यही चैत २६ गतेदेखि विराट गोल्डकप सुरु हुँदैछ। रात्रीकालिन फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। 

गोल्डकप तयारीका धेरै काम सम्पन्न भएको आयोजक समितिका संयोजक मनोजविक्रम शाहले बताए।  प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका गरी १० टिमको सहभागिता रहने निश्चित भएको संयोजक शाहले बताए।

उनका अनुसार नेपालका मनाङ मर्स्याङ्दी, एपीएफ, नेपाल पुलिस क्लब, संकटा क्लब, राष्ट्रिय लिग विजेता मच्छिन्द्र क्लब, गोर्खा व्याइज, रुपन्देही ११, विराटनगर ११, भारतको भारत पञ्जाव पुलिस र भारखण्ड र क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसनले सहभागिता जनाउने छन्। 

आगामी वैशाख ४ गतेसम्म चल्ने प्रतिोगिताका विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार हात पार्नेछन् । संयोजक शाहका अनुसार प्रतियोगिताका पराजित टिमलाई पनि नगद पुरस्कार दिइने छ । 

प्रतियोगिताका म्यान अफ द म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले बताए । उनका अनुसार प्रतियोगितामा १ करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ। । 

प्रकाशित: Mar 18, 2021| 12:09 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।