शुक्रबार, असार २६, २०८३

पब्जी खेल्ने व्यवसायिक पाँच खेलाडी अनुबन्ध

नेपालमा पहिलोपटक पब्जी खेल्ने व्यवसायिक खेलाडीलाई डिआरएसले एक वर्षका लागि अनुबन्ध गरेको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं- नेपालमा पहिलोपटक पब्जी खेल्ने व्यवसायिक खेलाडीलाई डिआरएसले एक वर्षका लागि अनुबन्ध गरेको छ।

२०२० मा स्थापना भएको द रियल सोल्जर्स (डीआरएस) ले आज पत्रकार सम्मेलन गर्दै पब्जी खेल्ने पाँच खेलाडीसँग सम्झौत गरेको हो।

‘खेलाडीसँगको सम्झौताअनुसार सम्झौताको रकम उल्लेख गरेका छैनौँ,’ डिआरएसका व्यवस्थापक सङ्गीन भट्टराईले भने, ‘अरु गेममा जस्तै खेलाडीले मासिक तलब र भत्ता पाउनेछन्। हामीले ईगेमलाई व्यवसायिक बनाउने उद्देश्यले यो काम गरेका हौँ।’

डीआरएसले २०२० मा पब्जी मोबाइल ग्लोबल च्याम्पियनमा सहाभागिता जनाइसकेको छ। प्रतियोगिताको दौरान खेलाडीको बुटक्याम्पको सम्पूर्ण खर्च पनि डीआरएसले बेहोर्ने छ।

डीआरएस टिमलाई फेसबुक ग्रुप रुटिन अफ नेपाल बन्दले स्वामित्व ग्रहण गर्ने भएको छ। रुटिन अफ नेपाल बन्दले नै यसअघि पनि खेलाडीको खर्च व्यवस्थापन गर्दै आएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेलले बताए।

प्रकाशित: Mar 18, 2021| 10:35 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।