बिहीबार, माघ १, २०८२

आइ ब्रेनः विज्ञान प्रविधिलाई नै चुनौती 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
आइ ब्रेन विज्ञान र प्रविधिलाई चुनौती दिने एक उपकरण हो । यसको सिधा सम्र्पक मानिसको दिमाग र तरगसँग हुन्छ । स्यान डिएगामा रहेको न्युरो भिजिल टिमले यसको आविष्कार गरेको हो । 

यो उपकरणले दिमागमा चलेका तरंग सोचको प्रभावलाई बाहिर ल्याउन मद्दत गर्दछ । यो परियोजनालाई अन्तिम रुप दिन फिलिप लो र उनको साथीहरूको टिमले काम गरिरहेको छ । 

यसको प्रयोगात्मक परिक्षणका लागि स्टेफन हकिङलाई अनुबन्धित गरिएको थियो । तर, केहीसमय अघि भएको हकिङको मृत्युले केही अन्यौलता थपेको छ । 

हकिङले यस उपकरणको डिजानको लागि सहयोग गर्दै आएका थिए । विशेषतः उनी जस्तै अपाङगता भएका व्यक्तिलाई लक्षित गरी यो उपकरण निर्माण गर्न लागिएको न्युरो भिजिल टीमले जनाएको छ । 

कसरी काम गर्छ ?

यसको कामका लागि हकिङ नै प्रयोग गरिएको थियो । उनलाई कुनै आकृति सोच्न लगाएको थियो । जस्तै किः यदि उनलाई कुनै बलको आकृति सोच्न लगाइन्छ । जुन आकृति सोच्दा मष्तिस्क भित्र न्युरोन्समा आउने परिवर्तनलाई आई ब्रेनले रेकर्ड गर्छ ।
 
यो परिवर्तनले मतिष्कको निश्चित क्षेत्रबाट रेकर्ड गरेको हुन्छ । त्यस पछि, आई ब्रेनभित्र रहेको ‘अल्गोरिथम’ अनुसार आकृतिको सिर्जना हुन्छ । 

यसरी कसैको कल्पनाको विषयलाई वास्तविकतामा उतार्न र वास्तविकतामा कति सम्भव छ भनेर आँकलन गर्न यो उपकरण सबैको व्यग्र प्रतिक्षामा छ । अब उपकरणको परीक्षणको लागि एएलएस सँग सहकार्य हुने भएको छ । एएलएसमा रोगीलाई लक्षित गरी बनाइएको यो उपकरण फाइदाजनक र उपयोगी छनै, चुनौती पनि धेरै छ । 

यस उपकरणको माध्यमबाट आर्टिजम, ‘स्लिप एप्रिया’ (सुत्दा स्वास अवरोध हुने) र डिप्रेसनका बिरामीहरूको मष्तिस्कमा भई रहेको हालचाल बारे पत्ता लगाउन सकिनेछ । यस कारण पनि, यी बिरामीहरूको लागि यो उपकरण लाभदायक रहेको छ ।  

सन् २००९ मा, न्युरो भिजिलले औषधीको हाफमन अला रोचेको अनुमतिमा आइ ब्रेनको परीक्षण गरिएको थियो । तर, कम्पनीले उक्त परीक्षणको कुनै जानकारी सार्वजनकि गरेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...