आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • एक महिनाभित्र गोल्डस्टारले छालाको जुत्ता ल्याउँदै छ : विदुषी राणा 

एक महिनाभित्र गोल्डस्टारले छालाको जुत्ता ल्याउँदै छ : विदुषी राणा 

गोल्डस्टारको देशभर एउटै मूल्य छ। ५०० पर्ने गोल्डस्टार जुत्ता कसैले ३०० मा दिन्छ भने त्यो नक्कली हो। यसमा ग्राहक सजग हुनुपर्छ। 
 |  मंगलबार, माघ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २७, २०७७

कोरोनापछिको व्यवसाय कसरी अगाडि बढेको छ? 

triton college

भर्खरै पुरानो लयमा फर्किने कोसिसमा छ। लगभग ७० प्रतिशत व्यवसाय सञ्चालन हुन थालेको छ। कोरोनाअघिको अवस्थामा पुग्न अझै केही समय लाग्ला।  

कोरोनाको समयमा करिब तीन महिना व्यवसाय पूर्ण रूपमा बन्द रह्यो। द्वन्द्वकालमा गोल्डस्टार जुत्तालाई निकै समस्या परेको थियो। अहिले कोरोनाले त सबै व्यवसायलाई अप्ठ्यारोमा पार्‍यो। 

बन्द हुँदा कामदारलाई तलब पनि दिनुपर्‍यो। व्यवसाय अगाडि पनि बढाउनुपर्‍यो भन्ने लागेर मास्कको उत्पादन गर्‍यौं। पीपीई सेट बनायौं। बजार खुल्न थालेपछि चाहिँ फेरि जुत्ता उत्पादनमै केन्द्रित छौं। 

कोरोनाकालपछि निर्यातको अवस्था कस्तो छ? 

corrent noodles
Metro Mart

गोल्डस्टारको मुख्य बजार भारत हो। कोरोनाअघि करिब ७० प्रतिशत भारत जान्थ्यो भने ३० प्रतिशत नेपाली बजारमा खपत हुन्थ्यो। अहिले चाहिँ भारतको बजार ५० प्रतिशतमा झरेको छ। 

त्यसबाहेक अस्ट्रेलिया, बहराइनमा हाम्रो सोरुम छ। त्यस्तै अमेरिका, मलेसियालगायत देशमा निर्यात भइरहेको छ। 

विदेशको बजारमा गोल्डस्टारका ग्राहक नेपाली नागरिक नै हुन् कि, त्यहाँका स्थानीय?

भारतको बजारमा चाहिँ अधिकांश भारतीयले नै गोल्डस्टार प्रयोग गर्छन्। अलि सस्तो र बलियो भएका कारण भारतको यूपी, बिहारलगायतमा गोल्डस्टारको निकै माग छ। 

अमेरिका, अस्ट्रेलियाको हकमा अधिकांश त्यहाँ बसोबास गर्ने नेपालीले नै प्रयोग गर्नुहुन्छ। थोरै मात्रामा त्यहाँका रैथाने नागरिकले पनि प्रयोग गरेको पाएका छौं। 

तुलनात्मक रूपमा गोल्डस्टार जुत्ता सस्तो हुनुको कारण के हो?

हामी केही कच्चा पदार्थ मात्रै बाहिरबाट ल्याउँछौं। सक्नेजति कच्चा पदार्थ स्वदेशमै बनाएर उत्पादन गरिरहेका छौं। त्यसको साथै ठूलो परिमाण उत्पादन हुने भएकाले पनि लागत सस्तो पर्न जान्छ। इटालियन मसिन र मिहिनेत धेरै भएको कारणले बलियो छ। अहिले ५०० देखि दुई हजार २०० सम्मको जुत्ता बिक्री गरिरहेका छौं।  

हामी सबै उमेर समूहलाई केन्द्रित गरेर जुत्ता उत्पादन गरिरहेका छौं। युवाका लागि ‘जी १०’ सिरिज छ। हाम्रो उद्योग २४ घण्टा नै चलिरहेको हुन्छ। 

गोल्डस्टारको चप्पल पनि भर्खरै बजारमा आएको छ। अब गोल्डस्टारको छालाको जुत्ता पनि आउँदैछ। पार्टी सुज, स्कुल सुजलगायत विभिन्न भेराइटिज पनि ल्याउँदै छौं। 

गोल्डस्टारले सधैं यही ‘रेन्ज’ का जुत्ता बिक्री गर्ने कि विदेशी ब्रान्डेड जुत्तासँग प्रतिस्पर्धा गर्न सक्ने ‘प्रिमियम’ जुत्ता पनि बनाउने?

यो हाम्रा लागि चुनौतीको विषय हो। गोल्डस्टारको भन्दा तीन गुणा महँगो विदेशी जुत्ताभन्दा यसको गुणस्तर बढी छ। तर आममानिसको गोल्डस्टार मध्यमखालको, आमनेपालीले किन्न सक्ने जुत्ताका रूपमा परिचित छ।

उत्पादन गर्न त हामी प्रिमियम क्लासको जुत्ता बनाउन पनि सक्षम छौं। बजारले कसरी लिन्छ। हामी नयाँनयाँ भेराइटीका जुत्ता बनाइरहेका छौं। हेरौं, आवश्यकताअनुसार प्रिमियम क्लासको जुत्ता बनाउन पनि सक्छौं।  

गोल्डस्टार जुत्ता मुलुकको कुन भागमा बढी माग छ?

सबैभन्दा बढी बिक्री काठमाडौं उपत्यकामा भइरहेको छ। त्यसका साथै अन्य ठूला सहरमा पनि राम्रो माग छ। समग्रमा देशभर बिक्री भइरहेको छ। ठाउँअनुसार फरकफरक डिजाइनको जुत्ताको माग भइरहेको हुन्छ।

माग बढेकै कारण हामीले फ्रेन्चाइज पनि दिन थालेका छौं। अहिले देशभर ५५ वटा फ्रेन्चाइज सोरुम छन्। अनलाइनमार्फत पनि बिक्री गरिरहेका छौं। 

कोही व्यक्तिले गोल्डस्टारको फ्रेन्चाइज लिन चाह्यो भने के गर्नुपर्छ?

हामीले निश्चित नियम बनाएका छौं। फ्रेन्चाइज लिन चाहनेले हामीलाई इमेल गर्नुपर्छ वा हाम्रो कार्यालयमा सम्पर्क गर्नुपर्छ। गोल्डस्टार फुटवयेर कम्पनीले तोकेको मापदण्ड पूरा गर्नुपर्‍यो। त्यसो हुँदा हामीले सजिलै अनुमति दिन्छौं। गोल्डस्टारको व्यवसाय गरेकोलाई सम्पर्क गर्न पनि म अनुरोध गर्छु।  

गोल्डस्टारले कति व्यक्तिलाई रोजगार दिइरहेको छ?

प्रत्यक्ष रूपमा तीन हजार मजदुर छन्। जसमा करिब ६५ प्रतिशत महिला छन्। म आफू पनि कम्पनीको नेतृत्वमा रहेको हुनाले पनि म महिलाप्रति थोरै प्रतिबद्ध भएको हुन सक्छु।

प्रतिबद्ध भएर र समय दिएर काम गर्ने प्रवृत्ति पनि तुलनात्मक रूपमा महिलामा बढी हुन्छ। 

अर्को कुरा, पुरुष मजदुर केही समय काम गर्ने अनि बिदेसिने समस्या हामीले भोग्यौं। महिलामा त्यो समस्या निकै कम छ। हामीले शून्यबाट उठाएर जुत्ता बनाउन सक्ने सक्षम बनाएका हुन्छौं। बीचमै छोड्दा हामीलाई समस्या हुन्छ। त्यसले गर्दा पनि हामी महिला मजदुर बढी राखेका हौं।  

 

नेपाली जुत्ता उत्पादक कम्पनीले कस्ता समस्या भोगिरहेका छन्? 

सरकारी नीतिनियमभित्र रहेर, तोकिएको कर तिरेर, आफ्नै नागरिकलाई रोजगारी दिएर जुत्ता उत्पादन गर्ने हामी, अनि हामीले नै बाहिरबाट चोरीमा आएका नक्कली जुत्तासँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ। यसले नेपाली जुत्तालाई ठूलो असर पारेको छ। 

जबसम्म सरकारले आफ्नो उत्पादनलाई सुरक्षा दिने नीति राख्दैन, चोरी भएर आउने सामग्रीमा प्रतिबन्ध लगाउँदैन हामीले यस्तो समस्या भोगिरहनुपर्छ। 

उस्तै खालको डिजाइन कपी गरेर नक्कली जुत्ता उत्पादन गर्ने चलन पनि धेरै छ। भारतमै नक्कली गोल्डस्टार बनाएर बिक्री गर्नेविरुद्ध करिब २० वटा मुद्दा लडिरहेका छौं। नेपालमै थुप्रै नक्कली गोल्डस्टार जुत्ता उत्पादन भइरहेका छन्। यसले समस्या पारेको छ। 

ग्राहकले चाहिँ नक्कली र सक्कली गोल्डस्टार कसरी चिन्ने?

हामीले हेरेरै थाहा पाउन सक्छौं। तर ग्राहकका लागि त्यो गाह्रो कुरा हो। त्यसैले सबैभन्दा उत्तम विकल्पचाहिँ आधिकारिक सोरुममा गएर नै खरिद गर्नु हो। 

अर्को कुरा गोल्डस्टारको देशभर एउटै मूल्य छ। ५०० पर्ने गोल्डस्टार जुत्ता कसैले ३०० मा दिन्छ भने त्यो नक्कली हो। यसमा ग्राहक सजग हुनुपर्छ। 

गोल्डस्टार कम्पनीको आगामी योजनाचाहिँ के छ?

हाम्रो उद्देश्य १० वर्षमा सातवटै महादेशमा गोल्डस्टार जुत्ता पुगोस् भन्ने नै हो। केही समयमा हामी अफ्रिकी मुलुकमा पनि बिक्री गर्दै छौं। 
एक वर्षभित्रै भैरहवामा उद्योग स्थापना गर्दै छौं। भैरहवामा उद्योग खोलेपछि जुत्ताका लागि आवश्यक सबै कच्चा पदार्थ आफैं उत्पादन गर्ने लक्ष्यमा छौं।

प्रकाशित: Feb 09, 2021| 08:45 मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...