मंगलबार, कात्तिक ४, २०८२

गैरनाफामूलक विकिपिडिया सर्वाधिक पढिनेमा सातौं नम्बरमा

अहिले यो वेबसाइट विश्वका सर्वाधिक हेरिनेमध्ये सातौं नम्बरमा छ। यसमा रहेका साढे पाँच करोड आलेखलाई मासिक रुपमा करिब १५ अर्ब पटक पढिन्छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

विकिपिडियाले आफ्नो २० औं जन्मदिन मनाएको छ। इन्टरनेको यो इन्साइक्लोपिडियामा बितेको २० वर्षमा सूचनाका क्षेत्रमा निकै सफल यात्रा तय गरेको छ।

Kumaribank

१५ जनवरी २००१ मा अमेरिकाका बेलायती उद्यमी जिमी वेल्सले यसको सुरु गरेका थिए। 

अहिले यो वेबसाइट विश्वका सर्वाधिक हेरिनेमध्ये सातौं नम्बरमा छ। यसमा रहेका साढे पाँच करोड आलेखलाई मासिक रुपमा करिब १५ अर्ब पटक पढिन्छ।

यो बेवसाइट अंग्रेजी भाषामा सुरु भएको थियो। त्यसको दुई महिनामा जर्मन र स्विडिस भाषामा पनि सामग्री राख्न थालिएको थियो। 

अहिले यसमा ३०९ भाषाका सामग्री छन्। यसमा दक्षिण एसियका २३ भाषमा सामग्री छन्।

Metro Mart

वेल्सले सन् २००६ मा विकिपिडियामा एक करोडभन्दा बढी वक्ता भएका भाषाका एक लाखभन्दा बढी सामग्री राख्ने लक्ष्य लिएका थिए। उनले यो लक्ष्य पूरा हुन अब २० वर्ष लाग्ने बताएका छन्।

विकिपिडिया एक गैरनाफामूलक संस्था हो। गुगल, फेसबुकजस्ता नाफामूलक संस्थाका अगाडि यसले बिना मुनाफा आफ्नो प्रभाव कायमै राखेको छ। 

विकिपिडियाले अनुवादलाई भन्दा स्वतन्त्र लेखनलाई महत्त्व दिएको छ। यसमा हरेक भाषामा रहेका पृष्ठमा सम्बन्धित भाषाका स्वयंसेवकहरुले सूचना र जानकारी थप्न सक्छन्।

विकिपिडियामा संलग्न स्वयंसेवकहरु पश्चिमा मुलुकका गोरा पुरुषमात्र सहभागी छन् भन्ने आलोचना हुने गरेको छ। उनीहरुका अनुसार यसमा कम विकसित देश र महिलाको पहुँच पुग्न सकेको छैन।

विकिपिडियामाथि गलत सूचना राखेको आरोप पनि लाग्ने गरेको छ। विकिपिडिया जोसुकैलाई पनि जानकारी सम्पादन गर्न वा नयाँ सूचना दिन अनुमति दिएको छ। त्यस्तै यसमा राखिएको सूचनालाई अन्तिम सत्य भनेर यसले दाबी गरेको छैन। 

विकिपिडियाको खर्च चन्दा संकलनबाट हुँदै आएको छ। चन्दा संकलनका लागि यसले बर्सेनि अनलाइन अभियान चलाइन्छ।

सन् २०२० मा विकिपिडियाले सात करोड डलर चन्दा संकलन गरेको थियो। कम्तीमा पाँच डलरदेखि जति पनि चन्दा दिन सकिने विकिपिडियाले जनाएको छ।

प्रकाशित: Jan 18, 2021| 09:11 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...