सोमबार, चैत २, २०८२

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करण चैत ६ गते 

सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करण आगामी चैत्रमा हुने भएको छ। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

धनगढी- सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करण आगामी चैत्रमा हुने भएको छ। 

National life

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको दोस्रो संस्करण चैत्र ६ गते हुने जानकारी दिएको हो। 

गत वर्ष पुस १५ गते प्रथम सुदूरपश्चिम स्पोर्ट्स अवार्ड भएको थियो। तर, यस वर्ष कोरोना भाइरस संक्रमणका कारण निर्धारित समयभन्दा ढिलो अवार्ड हुन लागेको हो।  

अवार्डको दोस्रो संस्करणको तयारी सुरु भइसकेको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए। उनले सुदूरपश्चिम स्पोर्ट्स अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्ने बताए।

२०७६ सालमा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने अध्यक्ष ओभाले बताए। गत वर्ष ६ विधामा अवार्ड दिएका थियौं अध्यक्ष ओझाले भने, ‘यस वर्ष ३ विधा थप गरिएको छ।’

Laxmi sunrise bank
kumari

पिपुल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा दोस्रो संस्करणमा थप गरिएको ओझाले बताए। अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू रहेको उनले बताए। 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र दिइने उनले बताए। 

यस्तै, सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: Jan 17, 2021| 11:04 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।