शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • सांस्कृतिक भेषभूषासहित विवेकशील पार्टीको प्रदर्शन (फोटो फिचर)

सांस्कृतिक भेषभूषासहित विवेकशील पार्टीको प्रदर्शन (फोटो फिचर)

विवेकशील पार्टीले आज बुधबार माइतीघर मण्डलमा सांस्कृतिक भेषभूषासहित प्रदर्शन गरेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– विवेकशील पार्टीले आज बुधबार माइतीघर मण्डलमा सांस्कृतिक भेषभूषासहित प्रदर्शन गरेको छ।

National life

‘हाम्रा सांस्कृतिक विविधताहरु नै हाम्रा एकताका प्रतीकहरु हुन्, लोकतन्त्र नै एकताको प्रतीक हो, गणतन्त्र नै एकताको प्रतीक हो लगायत नारासँगै विविध सांस्कृतिक भेषभूषासहित प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयविरुद्ध विवेकशीलले प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले विविधता नै एकता हो, त्याग र  बलिदानले ल्याएको संविधानको गरौँ सम्मान, असंवैधानिक संसद् विघटन खारेज गर,  लोकतन्त्र मास्ने खेल बन्द गर लगायतका प्लाकार्ड बोकेका थिए ।

अधिनायकवादविरुद्ध विवेकशील पार्टीले निरन्तर प्रदर्शन गरिरहेको छ। प्रधानमन्त्री ओलीले पद र शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरवाट  प्रतिनिधिसभा विघटन गरेको दिनदेखि विवेकशीलले विभिन्न सिर्जनात्मक शैली प्रयोग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ। 

Shivam cement

प्रकाशित: Jan 13, 2021| 07:07 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।