आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • गणतन्त्र र संघीयता कांग्रेसले मात्र बचाउन सक्छ : विमलेन्द्र निधि (अन्तर्वार्ता)

गणतन्त्र र संघीयता कांग्रेसले मात्र बचाउन सक्छ : विमलेन्द्र निधि (अन्तर्वार्ता)

कांग्रेस कसैसँग मिलेर चुनाव लड्दैन। एक्लै जनतामाझ जानेछ। जनतासँग आफ्ना स्पष्ट एजेन्डा राख्नेछ। चुनाव भयो भने प्रधानमन्त्री ओलीलगायत सम्पूर्ण कम्युनिस्ट पार्टीको पत्तासाफ हुनेछ। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

संसद् विघटनका विषयमा नेपाली कांग्रेसको दोधारे नीति किन?

triton college

नेपाली कांग्रेस पूर्ण रूपमा स्पष्ट छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद् विघटन गरेका छन्। यो असंवैधानिक कदम हो भन्ने कांग्रेसको आधिकारिक धारणा हो। तर प्रजातान्त्रिक व्यवस्थामा निर्वाचन असंवैधानिक हुनै सक्दैन। त्यसैले संसद् विघटन असंवैधानिक कदम हो भने निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। 

उसो भए नेपाली कांग्रेस चुनावको तयारीमा लागेको हो?

संसद् विघटन नभएको अवस्थामा पनि कांग्रेसलाई चुनावको तयारीमा लाग्नुपर्ने थियो। सरकारले चुनाव मिति घोषणा गरिसकेकाले अब स्वाभाविक रूपमा कांग्रेस चुनावको तयारीमा लाग्नुपर्छ। चुनाव भयो भने कांग्रेस हर्षका साथ सहभागी हुन्छ। संसद् पुनर्स्थापनाका विषयमा हामीले अदालतको निर्णय पर्खिरहेका छौं। यद्यपि हाम्रो आन्दोलन जारी छ। 

आन्दोलनमा जारी राख्ने या चुनावको तयारीमा लाग्ने भन्ने विषयमा कांग्रेसभित्रै मतान्तर देखिन्छ किन?

corrent noodles
Metro Mart

कांग्रेसभित्र मतान्तर देखिनु नौलो होइन। पहिलेदेखि नै पार्टीमा फरकफरक धार रहँदै आएको छ। बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंहबीच पनि मतान्तर थियो। मौलिक कुरोमा नेपाली कांग्रेसभित्र कहिल्यै मतभिन्नता थिएन र छैन। अहिले पनि त्यस्तै हो। 

चुनाव भयो भने कांग्रेसको एजेन्डा के हुनेछ त? 

जनताका पक्षमा, संघीयताका पक्षमा, समावेशिताका पक्षमा जेजे हुन्छ नेपाली कांग्रेस त्यो गर्न सदैव तत्पर छ। संघीयता कार्यान्वयन लगायतका विषय समेटेर कांग्रेसले चुनावी एजेन्डा तयार पार्नेछ। 

कांग्रेसले प्रधानमन्त्री ओलीसँग मिलेर चुनाव लड्ने चर्चा छ नि?

कांग्रेस कसैसँग मिलेर चुनाव लड्दैन। एक्लै जनतामाझ जानेछ। जनतासँग आफ्ना स्पष्ट एजेन्डा राख्नेछ। चुनाव भयो भने प्रधानमन्त्री ओलीलगायत सम्पूर्ण कम्युनिस्ट पार्टीको पत्तासाफ हुनेछ। 

देशमा संघीयता र गणतन्त्र खतरामा परेको हो? 

वर्तमान सरकारबाट संघीयता, गणतन्त्र, लोकतन्त्र सबै खतरामा छ। अब हुने चुनावमा नेपाली कांग्रेसले जित्यो भने मात्रै संघीयता र गणतन्त्रको रक्षा हुन्छ।

नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी हो। कम्युनिस्ट अधिनायकवादी हुन् लोकतन्त्रवादी होइनन्। कम्युनिस्ट एकदलीय प्रणाली हो। उनीहरुबीच विचार मात्रै फरक छ, सिद्धान्त फरक छैन। 

विगतमा प्रदेश २ का जिल्लामा नेपाली कांग्रेसको वर्चस्व थियो। अब त्यस्तो अवस्था कहिले आउला?

जसरी केन्द्रमा कम्युनिस्ट सरकारबाट जनता आजित भएका छन् त्यसरी नै प्रदेश २ मा जनता र मतदाता सरकारबाट आजित भइसकेका छन्। सरकारले न जनताका लागि काम गर्न सक्यो न विकास, न मधेसी जनताको स्वाभिमान रक्षा। यो कुरा मधेसी जनताले राम्ररी बुझिसकेका छन्। 

तपाईं पार्टी सभापतिको उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ भन्ने सुनिन्छ। खास के हो?

यसअघि म पार्टी सभापतिमा उम्मेदवारी दिने तयारीमा थिएँ। यस विषयमा सभापति शेरबहादुर देउवासँग छलफल भइसकेको थियो। अब परिस्थिति बदलिएको छ। चुनाव भयो भने पहिला त्यसको तयारीमा लाग्नुपर्छ। चुनाव भएन भने पार्टीको १४ औं महाधिवेशन हुन्छ। अनि फेरि उम्मेदवारीको कुरा हुनेछ। 

प्रस्तुति : जयन्त ठाकुर

प्रकाशित: Jan 12, 2021| 10:19 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...