शुक्रबार, असार ५, २०८३

म त लागें है अमेरिका !

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानिक भएको भन्दै कैलाली सदरमुकाम धनगढीमा बयलगाडा र्‍याली निकालिएको छ। 
 |  आइतबार, पुस २६, २०७७

भीम चौधरी

भीम चौधरी

आइतबार, पुस २६, २०७७

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानिक भएको भन्दै कैलाली सदरमुकाम धनगढीमा बयलगाडा र्‍याली निकालिएको छ। 

National life

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निकट अनेरास्ववियू जिल्ला कमिटी कैलालीले बयलगाडा र्‍याली निकालेको हो। 

धनगढीको क्याम्पस चोकबाट निकालिएको बयलगाडासहितको र्‍याली पार्क चोकमा पुगेर कोण सभामा परिणत भएको छ ।

२०६२–०६३ सालको जनआन्दोलनताका ओलीले ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका थिए। सोही विषयमा व्यंग्य गर्न अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको हो।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै सो कदम सच्याउन अनेरास्ववियूका नेता कार्यकर्ताले माग गरेका छन्।

Shivam cement

प्रकाशित: Jan 10, 2021| 08:52 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।