शुक्रबार, असार ५, २०८३

राम-जानकीको स्वयंवर सम्पन्न (फोटोफिचर)

जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयंवर सम्पन्न भएको छ।
 |  शनिबार, पुस ४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ४, २०७७

जनकपुरधाम- जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयंवर सम्पन्न भएको छ।

National life

जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदान बाह्रबिघामा पुगेर स्वयम्बर विधि सम्पन्न भएको हो।

राम मन्दिरको डोला राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरका डोलाको नेतृत्व महन्थ रामतपेश्वर दास वैष्णवले गरेका थिए।

रंगभूमी मैदान पुगेका अन्य मन्दिरहरुको डोलाका साथै भगवान रामको डोलाले जानकीको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वयंवर सम्पन्न भएको हो।

जानकी मन्दिर परिसरमै आजै राति रामजानकीकको वैवाहिक कार्यक्रम मिथिला संस्कृति सम्पन्न हुनेछ।

Shivam cement

वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ राम गिरीले रामका बुवा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सिताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गर्ने छन्। वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं सिंगारिएको छ।

त्यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप बनाइएको छ।

यस वर्ष कोरोना महामारीका कारण सबै धार्मिक विधि एवं कार्यक्रमलाई औपचारिकतामा मात्र सिमित गरिएको छ। विवाह पञ्चमीको रौनकसमेत यसपटक घटेको छ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने यस महोत्सवको अवसरमा यसपटक कोरोनाका कारण जनकपुरधाममा खासै चहलपहल देखिएको छैन। अन्य वर्षमा विवाह पञ्चमी सुरु हुनुभन्दा अगावै जनकपुरधाम श्रद्धालु भक्तजनले भरिभराउ हुन्थ्यो भने यस वर्ष भने अन्य वर्षको तुलनामा २० प्रतिशत व्यक्ति पनि जनकपुरधाममा छैनन्।

 

प्रकाशित: Dec 19, 2020| 11:21 शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।