बुधबार, भदौ ३१, २०८३

६१ वर्षीया हजुरआमाले जन्माइन् नातिनी, तर कसरी ?

अमेरिकी राज्य नेब्रास्कामा एक ६१ वर्षीया महिलाले नातिनीलाई जन्म दिएकी छिन्। उनी आफ्ना समलिंगी छोरा र उनका पतिका लागि सरोगेट बनेकी थिइन्।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

एजेन्सी- अमेरिकी राज्य नेब्रास्कामा एक ६१ वर्षीया महिलाले नातिनीलाई जन्म दिएकी छिन्। उनी आफ्ना समलिंगी छोरा र उनका पतिका लागि सरोगेट बनेकी थिइन्। बालिकाको जन्मपछि परिवारमा खुसीको सीमा छैन।

सेसिल एलेगले आफ्ना छोरा मैथ्यू एलेग र उनका पति एलियट डफर्टीकी छोरीलाई आफ्नो कोखमा राखिन् र गत साता उमा लुईसलाई जन्म दिइन्। दुई वर्षअघि मैथ्यू र एलियटले सन्तानको रहर गरेपछि सेसिलले उनीहरुको सन्तानका लागि आफू सरोगेट बन्ने बताएकी थिइन्।

त्यो बेला उनको उमेर ५९ वर्ष थियो। तर त्यतिबेल सेसिलको कुरालाई गम्भीरतापूर्वक नभइ मजाकका रुपमा लिइयो।

उनका छोराका पति एलियट डफर्टी भन्छन्, ‘उहाँको तर्फबाट आएको यो निकै सुन्दर भाव थियो। उहाँ एक निस्वार्थ महिला हो।’ 
सेसिलको घर नजिकै रहने मैथ्यू र एलियट आफ्नो बच्चा जन्माउनका लागि केही समयपछि विकल्पको खोजीमा लागे। डाक्टरले सरोगेट आमा बन्न सेसिल नै उपयुक्त हुन सक्ने सुझाव मैथ्यू र एलियटलाई दिए। डाक्टरले सेसिलसँग कुराकानी गरेर उनका केही परीक्षण समेत गरे। त्यसपछि सरोगेसीको अनुमति प्राप्त भयो। 

दादी ने अपने ही पोते को जन्म दिया

आफ्नी छाेरीकाे जन्म दिनमा मैथ्यू र एलिएट

६१ वर्षीया सेसिल भन्छिन्, ‘म आफ्नो स्वास्थ्यको निकै ख्याल गर्छु। त्यसैले मैले बच्चालाई आफ्नो कोखमा राख्न सक्छु भन्नेमा पूर्ण विश्वास थियो।’ बच्चाका लागि मैथ्यूले आफ्नो स्पर्म दिए र एलिएटकी बहिनी ली एग डोनर बनिन्। हेयर ड्रेसरकारुपमा काम गर्ने एलियट भन्छन्, ‘स्ट्रेट कपल आईवीएफको अन्तिम उपाय मानिन्छ। तर मेरा लागि बायोलोजिकल बच्चाका लागि यो मात्रै एक आशा थियो।’

स्कुलमा पढाउने मैथ्यू भन्छन्, ‘हामीलाई थाहा थियो कि हामी सबैभन्दा फरक हुनुपर्नेछ। यसका लागि केही फरक सोच्नुपर्नेछ।’ सेसिलका अनुसार उनलाई गर्भावस्थामा कुनै जटिलता भएन। यद्यपी उनका आफ्ना तीन बच्चाको समयको गर्भावस्थाभन्दा लक्षण केही धेरै देखा परेको थियो। 

सेसिलको कोखमा भ्रुण इम्प्लान्ट गरेको एक साताभन्दा अघिनै मैथ्यू र एलियट भ्रुण सफलतापूर्वक ट्रान्सफर भयो कि भएन भनेर प्रेगनेन्सी टेस्ट गराउन गएका थिए। 

दादी ने अपने ही पोते को जन्म दिया

उमाकी एग डोनर एलियट की बहिनी ली य्रीबे, एलियट, सेसिल र मैथ्यू

सेसिल हाँस्दै भन्छिन्, ‘मलाई अहिलै परीक्षण नगर्न भनिएको थियो तर छोराले प्रतिक्षा गर्न सकिरहेको थिएन।’ सेसिलले टेस्ट गरिन्। तर उनको नतीजा नेगेटिभ देखियो।

तर जब मैथ्यू आमालाई भेट्न साँझ गर आए। उनले भने टेस्टमा अर्को उएटा गुलाबी रेखा पनि देखे जुन सेसिलले देख्न पाएकी थिइनन्। गुलाबी रेखाले प्रेगनेन्सीको पुष्टि गरेको थियो। सोसिल भन्छिन्,‘छोराले हाँस्दै भन्यो आमा तिम्रो आँखाको ज्योति कम भएछ।’ त्यो परिवारका सवै सदस्यका लागि निकै खुसीको पल थियो। 

सेसिलको गर्भावस्थालाई लिएर अधिकांश प्रतिक्रिया सकारात्मक आए तर मानिसहरुले आश्चर्य मानिरहेका थिए।

अमेरिकी राज्य नेब्रास्कामा समलैंगिक विवाहलाई कानूनी मान्यता दिइएको छ। सन् २०१५ मा उच्च अदालतको ऐतिहासिक फैसलापछि यस्ता विवाह भइरहेका छन्। तर नेब्रास्कामा सेक्सुअल ओरिएन्टेशनका आधारमा हुने भेदभावमा प्रतिबन्ध लगाउने कुनै कानून छैन।  सेसिलका अनुसार उनले आफ्नो प्रेग्नेन्सीमा हुने खर्चका लागि बीमा कम्पनीसँग लड्नु परेको थियो।

दादी ने अपने ही पोते को जन्म दिया

उमाकाे जन्म दिनमा मैथ्यू र एलियटकाे परिवार

प्रेग्नेन्सीमा हुने खर्च उनले आफ्नै बच्चालाई जन्म दिँदा बिमा कम्पनीले कभर गरेका थिए। तर यो लडाइँमा उनी असफल भइन्। किनकी कानूनले जन्म दिने महिलालाई नै बच्चाको आमा मान्छ। सेसिलले भने नातिनीलाई जन्म दिएकी थिइन्। 

मैथ्यु चार वर्ष पहिलासमेत चर्चामा थिए। जब उनलाई स्कुलको जागिरबाट निकालिएको थियो। किनकी उनले स्कुलको प्रशासनलाई आफूले एलियटसँग समलैंगिक विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएका थिए। मैथ्युमाथि भएको व्यवहारले उनको समुदायमा आक्रोश पैदा गरिदिएको थियो। 

सेसिल सामन्यतया कुनै परिवार एलजीबीटीसँग जोडिएका मानिस र परिवार विरुद्ध हुने घृणालाई काउन्टर दिन उनी आफ्नो कथा सुनाउछिन् र सन्देश दिन्छिन्, ‘कहिँ न कहिँ सँधै आशा हुन्छ।’ उमा जन्मिएको एक सातापछि सेसिलले आफ्नी नातिनी स्वस्थ रहेको बताएकी छन्।

-बीबीसी हिन्दी

प्रकाशित: Dec 06, 2020| 08:00 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।