सोमबार, भदौ २९, २०८३

अन्तरिक्षबाट खसेको पिण्डले एकाएक दिलायो २२ करोड 

इन्डोनेसियाको कोलाङ सहरका कफिन बनाउने मजदुर जोशुआ हुटागालुङ एकाएक करोडपति भएका छन्।
 |  बिहीबार, मंसिर ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०७७

एजेन्सी– इन्डोनेसियाको कोलाङ सहरका जोशुआ हुटागालुङ ‘कफिन’ (शव राख्ने बाकस) बनाउने काम गर्छन्। 

केही दिनअघि जोेशुआको घरको छतको कुनो ठूलो आवाजसहित भत्कियोे। त्यसको केही बेरपछि उनले आँगनमा पनि खाल्डो परेको देखे। खाल्डोमा स्लेटी रङको चट्टान थियो। जोशुआले उक्त चट्टानलाई छुँदा निकै तातो थियो।

त्यसपछि ३३ वर्षीय जोशुआले २.१ किलो वजनको उक्त चट्टानी टुक्राबारे जानकारी बटुल्न थाले। उनले थाहा पाए, हजारौं किलोमिटर टाढा मेक्सिसकोमा पनि एउटा टुक्रा यसैगरी खसेको रहेछ। उक्त टुक्रा ब्रह्माण्डबाट खसेको छुद्र ग्रहको टुक्रा थियो। परीक्षणपश्चात त्यो टुक्रा ४.५ अर्ब वर्ष पूरानो रहेको र १० लाख पेसो (मेक्सिकन मुद्रा) मा बिकेको उनले थाहा पाए। 

आंगनमा खसेको चट्टानी टुक्राको महत्व बुझेपछि जोशुआले फेसबुकमा केही तस्बिर पोस्ट गरे। यसैक्रममा अमेरिकी क्षुद्र ग्रह विशेषज्ञ ज्यारेड कलिन्सले जोशुआसँग सम्पर्क गरिन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यो टुक्रा पनि ४.५ अर्ब वर्ष पुरानो भएको पुष्टि भएपछि कलिन्सले जोशआसँग उक्त टुक्रा १४ लाख पाउन्ड (करिब २२ करोड रुपैयाँ) मा किनिन्। 

जोशुआ अब आफूसँग जिन्दगीभरका लागि पर्याप्त रकम आइसकेको बताउँछन्। 

उनी अब आफ्नो समुदायको लागि एउटा चर्च बनाउने र बाँकी पैसाले आनन्दपूर्वक जीवन विताउने सोेचमा छन्। 
यो घटनाबारे कलिन्स भन्निछन्, ‘मलाई फोनबाट इन्डोनेशिया गएर एउटा  छुद्र ग्रहको टुक्रा किन्नका लागि कैयन प्रस्ताव आइरहेका थिए। मसँग यो आफ्ना लागि वा अमेरिकी वैज्ञानिक र संंग्रहकर्ताका लागि किन्ने दुई विकल्प थिए।”

पैसा जम्मा गरेर कलिन्स इन्डोनेसिया गइन र जोशुआलाई भेटिन्। कलिन्स भन्छिन्, ‘जोेशुआले निकै मोलभाउ गरे।’ इन्डोेनेसियाबाट फर्केपछि कलिन्सले उक्त क्षुद्र ग्रहको टुक्रा एक अमेरिकी संग्रहकर्तालाई बेचिदिइन्। अहिले उक्त टुक्रालाई एरिजोना स्टेट विश्वविद्यालयको मेटेराइट स्टडिज सेन्टरमा राखिएको छ।

सामान्यतया अन्तरिक्षबाट प्रत्येक दिन ठूलो संख्यामा उल्का पिण्ड पृथ्वीतर्फ आउँछन्। धेरैजसो साना पिन्ड पृथ्वीको वायुमण्डलमा आइपुग्ने बेला तिब्र घर्षणका कारण उत्पन्न हुने तापले भस्म हुन्छन्। केही भने पृथ्वीसम्म आइपुग्छन्। यस्ता पिण्डका टुक्रा ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्नेहरुलाई उपयोगी हुन्छ। 
 

प्रकाशित: Nov 19, 2020| 12:25 बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।