आइतबार, असार २८, २०८३

फरान टोरेस चम्किँदा जर्मनीको पोस्टमा स्पेनको गोलवर्षा

यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्पनेले जर्मनीविरुद्ध सानदार जित निकालेको छ। 
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडौं– यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्पनेले जर्मनीविरुद्ध सानदार जित निकालेको छ। 

स्पेनको घरेलु मैदान डि ला कार्टुजामा सम्पन्न खेलमा घरेलु टिमले जर्मनीलाई ६–० गोलअन्तरले हराउँदै सानदार जित निकालेको हो।

स्पेनका लागि फरान टोरेसले ह्याट्रिक गरे भने अल्वेरो मोराटा, मिडफिल्डर रोड्रि हर्नान्डेज र ओयरजबलाले समान १–१ गोल गरे।
खेलको १७ औं मिनेटमा अल्वेरो मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। 

त्यस्तै ३३ औं मिनेटमा टोरेसले गोल गर्दा अग्रता दोब्बर बन्यो भने ३८ औं मिनेटमै रोड्रिले तेस्रो गोल गरे।

यससाथै पहिलो हाफमै स्पेन तीन गोलले अघि रह्यो। यता टिमो वेर्नर, सर्ज गन्याब्री, लिरोय सानेका साथै टोनी क्रुससहितको जर्मनी टोलीले गोल गर्न सकेन।

बरु दोस्रो हाफमा पनि स्पेनले तीन गोल नै थप्यो। टोरेसले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे भने ७१ औं मिनेटमा अर्को पनि गोल थप्दै ह्याट्रिक पुरा गरे। 

उनले अन्तर्राष्ट्रिय खेलमा पहिलो ह्याट्रिकसमेत गरेका हुन्।

यता ओयरजबलाले ८९ औं मिनेटमा गोल गर्दै निर्धारित समयको एक मिनेटअघि मात्र गोल गरेर अग्रतालाई ६–० मा पुर्याए।

ए लिगमा जितसहित ११ अंक बनाएको स्पेन समूह ४को शीर्षस्थानमा छ भने जर्मनी ९ अंकका साथ दोस्रो स्थानमा छ। 

स्पेनले फाइनल राउन्डका लागि स्थान सुरक्षित गरेको छ।

खेलअघि जर्मनी शीर्षस्थानमा रहेकाले गएरातिको खेल बराबरी भएको अवस्थामा जर्मनलाई फाइदा थियो भने स्पेनका लागि जित मात्र फाइनलमा पुग्ने विकल्प थियो।

मंगलाबार राति सम्पन्न अर्को खेलमा फ्रान्सले स्विडेनलाई हराएको छ भने पोर्चुगलले क्रोएसियाविरुद्ध जित निकालेको छ।

प्रकाशित: Nov 18, 2020| 04:09 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।