आइतबार, असार २८, २०८३

कराँची किंग्सले जित्यो पाकिस्तान सुपर लिगको उपाधि

पाकिस्तानमा सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि कराँची किंग्सले जितेको छ। मंगलबार राति सम्पन्न खेलमा किंग्सले लाहोर क्वलान्डर्सलाई ५ विकेटले हाराउँदै उपाधि जितेको हो।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

काठमाडाैं- पाकिस्तानमा सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि कराँची किंग्सले जितेको छ। 

मंगलबार राति सम्पन्न खेलमा किंग्सले लाहोर क्वलान्डर्सलाई ५ विकेटले हाराउँदै उपाधि जितेको हो।

टस जितेर ब्याटिङ राजेको लाहोरले पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १३४ रन जोडेको थियो। १३५ रनको लक्ष्य पछ्याएको कराँची किंग्सले १८.४ ओभरमै पाँच विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।

नेशन रंगशाला कराँचीमा सम्पन्न खेलमा किंग्सको जितका लागि बाबर अजामले सर्वाधिक ६३ रन जोडे। त्यस्तै विकेटकिपर चार्डविक वाल्टनले २२ रन बनाउँदा एलेक्स हालिजले ११ रन बनाए।

लाहोरका दिलबर हुसेन र हरिश रफीले समान २२ विकेट लिए भने एक विकेट लिनेमा एस पटेल रहे।

त्यसपहिले ब्याटिङमा आएको तामिम इक्वालले ३५ रन जोडे त्यस्तै फकहर रहमानले २७ रन जोड्दा कप्तान सोहिल अख्तरले १४ रन बनाए। त्यस्तै, शाहिद अफ्रिदी १२ रनमा नट आउट रहे।

यता कराँचीका लागि यूमिद असिफ, वाक्स मक्सोद र अर्षहद इक्वालले मान २–२ विकेट गिराए।

कराँचीले पीएसएलको उपाधि पहिलोपटक जितेको हो।

यसअघि सम्पन्न प्ले अफको खेलमा लाहोरले पेशवार जल्मीलाई पाँच विकेटले हराएको थियो भने लाहोरले सुल्तान मुल्तानलाई २५ रनले हराएको थियो।

कोराना महामारीले कारण गत मार्चमा प्लेअफका खेल हुन नसकेपछि अनिश्चितकालका लागि स्थिगित भएका खेला नोभेम्बरमा फेरि सम्पन्न भएका हुन्।
 

प्रकाशित: Nov 18, 2020| 01:50 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।