आइतबार, असार २८, २०८३

वेर्नर चम्किँदा युक्रेनविरुद्ध जर्मनीको सहज जित

घरेलु मैदनमा सम्पन्न खेलमा जर्मनीले युक्रेनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

नेसन्स लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा जर्मनीले सहज जित निकालेको छ।

घरेलु मैदनमा सम्पन्न खेलमा जर्मनीले युक्रेनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो।

जर्मनीका फरवार्ड वेर्नरले दुई गोल गरे भने लिरोय सानेले एक गोल गरे। एक गोलले पछि परेको अवस्थामा, खेलको २३ औं मिनेटमा गोल गर्दै सानेले जर्मनीका तर्फबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

त्यसको १० मिनेट नबित्दै वेर्नले अग्रता खोसेका थिए। वेर्नरको गोलसँगै पहिलो हाफमा जर्मनी २–१ गोलले अघि रह्यो।

दोस्रो हाफमा पनि जर्मनीले अर्को गोल स्कोर गर्यो। ६४ औं मिनेटमा वेर्नरले नै गोलपोस्टमा प्रहार गरे। यससँगै जर्मनी ३–१  जित निकाल्न सफल रह्यो।

लिग एको समूह चारमा जर्मनी शीर्षस्थानमा छ। उसले ९ अंक बनाएको छ भने दोस्रो स्थानमा स्पेनको ८ अंक छ। अब फाइनलको यात्राका लागि बाँकी एक खेल पर्खनु पर्ने भएको छ।

नेसन्स लिग अन्तर्गत नै शनिबार राति सम्पन्न खेलमा साइप्रसले लग्जम्बर्गलाई हराएको छ भने एन्डोराविरुद्ध माल्टाले जित निकालेको छ।
 

प्रकाशित: Nov 15, 2020| 02:30 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।