आइतबार, असार २८, २०८३

सुखद रहेन रामोसको रेकर्ड ब्रेकिङ नाइट

 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं– नेसन्स लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा पाहुना टिम स्पेनले दुई पेनाल्टीको अवसर पायो तर दुवै पटक कप्तान सर्जियो रामोस असफल रहे।

उनले २०१८ यता लगातार २५ पेनाल्टी स्कोर गरेका थिए। तर गएरातिको खेलमा उनी सफल नहुँदा स्पेनले आयोजक स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेल्यो।

शनिबार रातिको खेलसँगै रामोस युरोपकै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल्ने खेलाडी बनेका छन्। उनले राष्ट्रिय टोलीबाट ११७ औं क्याप पाउँदै गियान्लुगी वफोनको रेकर्डसँग बरबरी गरे।

उनले पहिलो पेनाल्टी गोलपोस्टको कुनामा प्रहार गरेका थिए तर स्विट्जरल्याण्डका किपर यान्न सोमरले सजिलै रोकिदिए। त्यस्तै, उनको दोस्रो पेनाल्टी पनि किपरले पोस्टभित्र छिर्न दिएनन्।

खेलपछि स्पेनका प्रशिक्षक लुइस एनरिकले भने, ‘रामोसको पेनाल्टीको संख्याहरु यो संसारभन्दा बाहिरका छन्।’ यदी तेस्रो पेनाल्टी पाएको भए उनले गोल गर्ने एनरिचले दाबी गरेका छन्।

यता जर्मन क्लब मोन्छेनग्लाडबाखका किपरसमेत रहेका सोमरले आफू उनको पेनाल्टीको लागि पहिल्यैबाट तयार रहेको बताएका छन्।

‘मैले भर्खरैको च्याम्पियन्स लिगको खेलमा नै उनको पेनाल्टी कसरी सेभ गर्ने भनेर लामो अभ्यास गरेको थिएँ। त्यसैले यसअघि पनि उनको पेनाल्टी सेभ गर्न तयार भएकाले आज सफल भएँ,’ उनले खेलपछि भने।

‘रामोस दोस्रो गोल पोस्टमा छिराउन सक्दो प्रयास गर्दै थिए तर त्यो पनि मेरै पक्षमा आयो,’ उनले थपे।

स्पेनिस कप्तानलले दुवै पेनाल्टी एक गोलले पछि परेको अवस्थामा प्रहार गरेका थिए। उनले रियल मिड्रडबाट च्याम्पियन्स लिगको खेलमा मोन्छेनग्लाडबाखसँग खेलेको थिए।

रोमोसको पेनाल्टीपछि खेलको ८९ औं मिनेटमा गेरार्ड मोरेनोले गोल गरेपछि स्पेन बराबरीमा फर्किएको थियो।

यता ७९ औं मिनेटमा घरेलु टिमका निको एल्वेडीले स्पेनका अल्वारो मोराटामाथि फल गरेपछि एल्वेडी डबल यल्लो कार्ड खाँदै खेलबाट बाहिरिएका थिए भने स्पेनले पेनाल्टी पाएको थियो।

यता एक खेलमा पनि जित निकाल्न नसकेको स्टिवट्जरल्यान्ड लिग बीमा घटुवा भएको छ। लिग एको समूह चारमा रहेको स्पेनल भने दोस्रो स्थानमा छ। सोही समूह अन्तर्गतको अर्को खेलमा जर्मनीले युक्रेनलाई ३–१ गोलले हराएको छ।
 

प्रकाशित: Nov 15, 2020| 02:08 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।