मंगलबार, चैत ३, २०८२

पोर्चुगललाई हराउँदै फ्रान्स फाइनको यात्रामा

नेसन्स लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा फ्रान्सले पोर्चुगललाई  झिनो गोलअन्तरले हराएको छ।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं– नेसन्स लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा फ्रान्सले पोर्चुगललाई  झिनो गोलअन्तरले हराएको छ।

National life

पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न खेलमा घरेलु टिमलाई फ्रान्सले १–० गोल अन्तरले हराएको हो।

यो हारसँगै पार्चुगलको यसअघिको यात्रामा पूर्णविराम लागेको छ भने फ्रान्स फाइलन तर्फको यात्रामा निस्किएको छ।

जितका लागि मिडफिल्डर एनगोलो कान्टेले निर्णायक गोल गरे। उनले खेलको ५३ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। 

खेलमा अन्य गोल हुन नसक्दा सोही अग्रताका साथ पाहुना टिमले खेल जित्यो।

Laxmi sunrise bank
kumari

फ्रान्सका कान्टेले राष्ट्रिय टिमबाट ४४ खेल खेल्दै दोस्रो गोल गरेका हुन्।

यसअघि फ्रान्सको राजधानी पेरिसमा सम्पन्न खेलमा दुवै टिमले  गोलरहित बराबरी खेलेमा थिए।

जितसहित १३ अंक बाएको फ्रान्स समूह ए ग्रुप तीनको शीर्षस्थानमा छ भने १० अंक बनाएको पोर्चुगल दोस्रो स्थानमा छ।

सोही समूह अन्तर्गतको अर्को खेलमा स्विडेनले घरेलु मैदानमा क्रोएसियालाई हराउँदै तीन अंक जोडेको छ। स्विडेनले २–१ गोलको जित निकालेको हो।
 

प्रकाशित: Nov 15, 2020| 01:35 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।