आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रिकेट प्रमुख प्रशिक्षकको अन्तर्वार्ता सकियो, नियुक्ति मंसिर दोस्रो साता 

क्रिकेट प्रमुख प्रशिक्षकको अन्तर्वार्ता सकियो, नियुक्ति मंसिर दोस्रो साता 

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका लागि प्रशिक्षकको अन्तर्वार्ताको प्रकृया पूरा गरेको छ।
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं-  नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका लागि प्रशिक्षकको अन्तर्वार्ताको प्रकृया पूरा गरेको छ। क्यानले शनिबार एक सूचना जारी गर्दै अन्तर्वार्ता सकिएको जनाएको  हो।
सूचनामा भनिएको छ, ‘क्यानले १४ नोभेम्बरमा १२ हेड कोचसँग अन्तर्वार्ता सम्पन्न गरेको छ। अन्तर्वार्ता विहान १० बजेबाट तीन बजेसम्म गरिएको थियो।’ 
क्यानले प्रमुख प्रशिक्षक माग गरेपछि ७२ जनाले प्रशिक्षकका लागि आवेदन दिएका थिए।  ७२ जनाबाट पहिलो चरणमा २५ जनालाई सर्टलिस्ट गरिएको थियो।
दोस्रो चरणमा शनिबार १२ जना प्रशिक्षकको अन्तर्वार्ता लिइएको हो। अन्तर्वार्ताको कार्यक्रम सकिएको क्यानले जानकारी दिएको छ।
अब क्यानले अन्तर्राष्ट्रय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा मंसिरको दोस्रो साता मुख्य प्रशिक्षकको नाम घोषणा गर्नेछ।
 

प्रकाशित: Nov 14, 2020| 10:04 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।