शनिबार, कात्तिक २९, २०८२

‘गुञ्जन’को फस्टलुक सार्वजनिक 

फिल्म ‘गुञ्जन’को फस्टलुक सार्वजनिक गरिएको छ।  
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौ– फिल्म ‘गुञ्जन’को फस्टलुक सार्वजनिक गरिएको छ।  

National life

दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गरेको हो । 

अष्ट महर्जनको निर्देशन रहेको फिल्मको सार्वजनिक पोष्टरमा अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको आकर्षक तस्बिर देख्न सकिन्छ।

दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशनमा सक्रिय अष्टको यो डेब्यु निर्देशन हो। उनले गुञ्जनमा फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै सीप लगाएको बताए।  

फिल्ममा सारा र प्रितमराजबाहेक सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही,  कन्चन चालिसेलगायत कलाकारले अभिनय गरेका छन्।  

Laxmi sunrise bank
kumari

सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको आइटम डान्स समेत छ। 

फिल्मको छायाँकन काठमाडांै, पोखरा, जोमसोममा गरिएको फिल्म युनिटले जनाएको छ।  

प्रकाशित: Nov 14, 2020| 05:17 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्