आइतबार, असार २८, २०८३

फर्मिनोको गोलमा ब्राजिलको जित, चिलीको जितमा भिडालको दुई गोल

 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं–फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार बिहान सम्पन्न दक्षिण अमेरिकी छनोट खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले संघर्षपूर्ण जित निकालेको छ।

संघर्षपूर्ण जितका लागि ब्राजिलले घरेलु मैदानमा भेनेजुएलालाई १–० गोलले हरायो।

ब्रजिलका लागि लिभरपुलको फरवार्ड रोबर्टो फर्मिनोले निर्णायक गोल गरे। ६७ औं मिनेटमा गोल गर्दै उनले घरेलु टिमलाई जित दिलाए।
छनोटमा तेस्रो जितसहित नौ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा छ।

चिलीको जितमा भिडालको गोल
छनोट अन्तर्गतको अर्को खेलमा चिलिले पेरुलाई २–० गोलले हराएको छ। जितका लागि दुवै गोल आथुरो भिडालले गरे।
भिडालले पहिलो गोल २० औं मिनेटमा गरे भने दोस्रो गोल ३५ औं मिनेटमा गरेका थिए।
 

प्रकाशित: Nov 14, 2020| 03:04 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।