सोमबार, भदौ १५, २०८३

मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसित २–० ले पराजित

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ। नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको हो।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं-  नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ। नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको हो।  

बंगलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालाामा शुक्रबार भएको खेलमा खेलको १०औं मिनेटमा बंगलादेशका लागि मोहमद नवीन नेवाज जीवनले पहिलो गोल गरेका थिए। 

मध्यान्तरपछिको खेलमा खेलको ८०औँ मिनेटमा महबुबुर रहमानले बंगलदेशका लागि दोस्रो गोल गरेका थिए। 

नेपालले मध्यान्तरअघि र त्यसपछिको खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन। नेपालले पहिलो हाफको १७औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो। 

नेपालका नययुग श्रेष्ठले गरेको प्रहार गोल पोस्टमा पस्न सकेन। 

खेलको २५औं मिनेटमा नेपालका लागि रवि पासवान तथा खेलको २६औं मिनेटमा अञ्जन विष्टले गरेको प्रयास गोलमा परिणत हुन सकेन। 

यस्तै खेलको ३९औं मिनेटमा पनि विष्टले नै गोल गर्ने राम्रो मौका पाएका थिए। ५६औं मिनेटमा नेपालका  पासवानले गर्ने अवसर पाए पनि त्यसको  सदुपयोग गर्न सकेनन्। 

यसैगरी खेलको ७२औं मिनेटमा नेपालका भरत खवासले गरेको प्रहार गोलमा परिणत हुन सकेन। नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आगामी मंसिर २ गते हुनेछ । 

तीन खेलाडीको डेब्यु

बंगलादेशसितको आजको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेका थिए।  डेब्यु गर्ने खेलाडीमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ छन्।

विकासले खेलको प्रारम्भमै  डेब्यु गरेका थिए।  यस्तै एरिक खेलको ४२औं मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गरेका थिए। 
खेलको ६८औं मिनेटमा दर्शन पासवानका स्थानमा मैदानमा पसेका थिए। 

 कोरोना भाइरसको महामारीका कारण नेपालले एक वर्षयता कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन। महामारीकै बीच बंगलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बंगलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

प्रकाशित: Nov 13, 2020| 17:04 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।