आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • 'विश्वकै अग्लो ठाउँ' मा जुडो तालिम केन्द्र स्थापना गर्न १५ लाखको सामग्री सहयोग

'विश्वकै अग्लो ठाउँ' मा जुडो तालिम केन्द्र स्थापना गर्न १५ लाखको सामग्री सहयोग

खुम्जुङमा तीन हजार ८०० मिटर उचाइमा तालिम केन्द्र स्थापना गर्न लागिएको महासचिव श्रेष्ठले बताए।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं-  सोलुखुम्बुको एभरेस्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामग्री प्रदान गरिएको छ।

सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव एवम् क्लबका संस्थापक धर्मकुमार श्रेष्ठले जनाएका छन्।

खुम्जुङमा तीन हजार ८०० मिटर उचाइमा तालिम केन्द्र स्थापना गर्न लागिएको महासचिव श्रेष्ठले बताए। सोलुखुम्बुको स्थानीय सरकारसँगको समन्वयमा स्थापना गरिने तालिम केन्द्र विश्वकै उच्च स्थानको हुने दाबी गरिएको छ।

एनपीओ जुडोस, तोकाई युनिभर्सिटी, जापानको सहयोगमा सामग्री प्राप्त भएको हो। त्यसका लागि अस्ट्रियाकी ओलम्पियन (जुडो खेलाडी) सब्रिना फिल्जोमोरको मध्यस्थतामा नेपाल जुडो संघ, महासचिव श्रेष्ठ र क्लबका अध्यक्ष काजी शेर्पाले पहल गरेका थिए।

कोरोना भाइरसको असर कम भएपछि तालिम केन्द्र उद्घाटन गरिने बताइएको छ।
 साथै खेलाडीलाई प्रशिक्षण दिन जापान र जर्मनीबाट १ वर्षका लागि प्रशिक्षक झिकाउने तयारी पनि भइरहेको महासचिव श्रेष्ठले जानकारी दिए।

उक्त सामाग्री काठमाडौंदेखि फाप्लुसम्म ट्रकमा र त्यहाँबाट खुम्जुङसम्म हेलिकप्टरमा पुर्याइएको थियो।

करिब चार वर्षअघि क्लबले सोलुखुम्बुको मन्जुमा पनि तालिम केन्द्र स्थापना गरिसकेको छ।
 

प्रकाशित: Nov 13, 2020| 10:37 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।