आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बंगलादेशसँग मैदानमा उत्रिँदै नेपाली फुटबल टिम, यस्तो छ प्लेइङ सेट

बंगलादेशसँग मैदानमा उत्रिँदै नेपाली फुटबल टिम, यस्तो छ प्लेइङ सेट

करिब एक वर्षपछि नेपाली फुटबल टोली अन्तर्राष्ट्रिय खेलका लागि आज मैदान प्रवेश गर्दैछ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं- करिब एक वर्षपछि नेपाली फुटबल टोली अन्तर्राष्ट्रिय खेलका लागि आज मैदान प्रवेश गर्दैछ। 

बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज साँझ पौने पाँच बजे घरेलु टिमसँग पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न लागेको हो।

आजको खेलका लागि एन्फाले प्लेइङ सेट सार्वजनिक गरेको छ। टोलीमा अञ्जन विष्ट, सुजल श्रेष्ठ, रवि पाशवान, विक्रम लामा, तेज तामाङ, सुमन अर्याल, अजित भण्डारी, अनन्त तामाङ, विकास खवास, नवयुग श्रेष्ठ र किरण चेम्जोङ छन्। किरण नेपाली टिमका कप्तान पनि हुन्।  

मैत्रीपूर्ण सिरिजका लागि एक हप्ताको मात्र अभ्यास गरेको नेपालको राष्ट्रिय टिम गत हप्ताको विहीबार ढाका प्रस्थान गरेको थियो। उसले त्यहाँ पनि एक हप्ता अभ्यास गरेको छ।

ढाका प्रस्थान गर्नुपूर्व प्रशिक्षक बालगोपाल महर्जनले टोलीको प्रशिक्षण सुधारोन्मुख हुँदै गएको बताएका थिए।

आजको खेलबाट खेलाडी जित निकाल्ने भन्दा धेरै मैदान फर्कन पाएकोमा खुसी हुनेछन्। किनभने कोरोना महामारीका कारण नेपालमा चैत महिनायता फुटबल सञ्चालन हुन सकेको छैन। 

नेपालले पछिल्लो खेलमा बंगलादेशलाई बंगबन्धु गोल्डकपमा २–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो। त्यो समयमा राष्ट्रिय टोली सम्हालेका प्रशिक्षक महर्जन अहिले पनि प्रशिक्षकको भूमिकामा छन्।

बंगबन्धु रंगशालामा हुने खेलको प्रत्यक्ष प्रसारण बंगलादेशको राष्ट्रिय टेलिभिजनबाट हुनेछ। दोस्रो खेल भने मंसिर २ गते हुनेछ।
 

प्रकाशित: Nov 13, 2020| 10:16 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।