आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • माघदेखि रिक्त क्रिकेट टिम प्रशिक्षकको अन्तर्वार्ता तत्काल हुने

माघदेखि रिक्त क्रिकेट टिम प्रशिक्षकको अन्तर्वार्ता तत्काल हुने

नेपाल क्रिकेट संघ (क्यान)को आज (बिहीबार) सम्पन्न भर्चुअल बैठकले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको अन्तर्वार्ता तिहारअघि नै गराउने निर्णय गरेको छ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)को आज (बिहीबार) सम्पन्न भर्चुअल बैठकले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको अन्तर्वार्ता तत्काल गराउने निर्णय गरेको छ। संघले सूचना जारी गर्दै गत माघदेखि रिक्त रहेको पदका लागि अन्तर्वार्ताको थालनी गरेको हो।

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आउँदो मंसिर १० गतेबाट सुरु हुने भएपछि त्यसको तयारीस्वरुप अन्तर्वार्ता हुने भएको हो।

त्यस्तै बैठकले आगामी मंसिर तीन गते हुने वार्षिक साधारणसभाका लागि एजेण्डा तय गरेको सूचनामा बताएको छ। ‘वार्षिक लेखा परीक्षण, २०२१ को बजेट तथा कार्यक्रम, राणनीति योजना निर्माण, जिल्ला तथा प्रदेशिक संघहरुको कार्यविधि निर्माण, संघ पदाधिकारी एवम् कर्मचारीहरुको कोड अफ कन्डक्ट निर्माण, एन्टी करप्सन, एन्टी डोपिङ र इथिक्स पोलिसी निर्माण आदि वार्षिक साधारण सभाका लागि एजेण्डा तय गरिएको छ,’ सूचनामा भनिएको छ।

बैठकमा आर्थिक नियमावालीबारे छलफल भएको छ भने नेपाल अम्पायर तथा स्कोरर संघले प्रस्ताव गरेको विधानलाई संघले मान्यता प्रदान गरेको छ।

त्यस्तै, प्रस्तावित नेपाल प्रिमियर लिग(एनपीएल)लाई पनि क्यानले साधारण सभाको एजेण्डाको रुपमा रहेको बताएको छ।
 

प्रकाशित: Nov 13, 2020| 09:59 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।