मंगलबार, चैत ३, २०८२

विश्वकप छनोटमा अर्जेन्टिना र पराग्वेको बराबरी

विश्वकप छनोट अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले पराग्वेसँग बराबरी खेलेको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं- विश्वकप छनोट अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले पराग्वेसँग बराबरी खेलेको छ। 

National life

अर्जेन्टिनाको मैदान ला बुम्बोनेरामा सम्पन्न खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको २१ औं मिनेटमा पराग्वेका एन्जेल रोमेरोले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। 

तर पहिलो हाफकै ४१ औं मिनेटमा अर्जेन्टिनाका निकोलस गोन्जाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो। बराबरी बाबजुद अर्जेन्टिना तीन खेलबाट ७ अंकका साथ समूहको शीर्षस्थानमा छ।

Laxmi sunrise bank
kumari

त्यस्तै समान तीन खेल खेलेको पराग्वे पाँच अंकका साथ चौथो स्थानमा छ। 

कतारमा सन् २०२२ मा हुने विश्वकपका लागि १० राष्ट्र सम्मिलित समूहमा ब्राजिल २ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ भने इक्वेडर तेस्रो स्थानमा छ।
 

प्रकाशित: Nov 13, 2020| 03:33 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।