आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • तीन वर्षअघि नेपाल भित्रिएको जोमासार स्पोर्ट्स क्लबको उद्घाटन

तीन वर्षअघि नेपाल भित्रिएको जोमासार स्पोर्ट्स क्लबको उद्घाटन

कीर्तिपुर–२, ट्याङ्लाफाँटमा नेपाल जोमासार स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं-  कीर्तिपुर–२, ट्याङ्लाफाँटमा नेपाल जोमासार स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ। 

नेपालमा जोमासार मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ गरिएको हो।

स्पोर्ट्स क्लबको बिहीबार राष्ट्रिय युवा संघ रामेछाप जिल्ला सचिव मुकुन्द गौतम र क्लबका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राम विष्टले संयुक्त रुपमा उद्घाटन गरे।

तीन वर्षअघि नेपाल भित्रिएको जोमासार मार्सल आर्ट्सको २०७६ माघदेखि भने नियमित प्रशिक्षण हुँदै आएको छ।

यस मार्सल आर्ट्सको काठमाडौंको बल्खु, सानेपा र कालीमाटीमा यसअघि नै डोजो सञ्चालनमा रहेको प्रशिक्षक विष्टले जानकारी दिए।

क्लब उद्घाटनकै अवसरमा हालै भारतमा आयोजना भएको अनलाइन मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

उक्त च्याम्पियनसिपमा नेपालले नौ स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेको थियो।

 

प्रकाशित: Nov 12, 2020| 11:04 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।