आइतबार, असार २८, २०८३

नेपालले खेल्ने विश्वकप छनोट खेल जुनसम्ममा सकिने

 एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप छनोट र एसिया कप छनोटका खेलहरू आगामी २०२१ को जुनमा सक्ने बताएको छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं- एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप छनोट र एसिया कप छनोटका खेलहरू आगामी २०२१ को जुनमा सक्ने बताएको छ।

कतारमा हुने फिफा विश्वकप २०२३ र चीनमा हुने एसिया कप २०२३ को छनोटका लागि नेपाले पनि तीन होम म्याच खेल्न बाँकी छन्।

एएफसीले हिजो बुधबार (हिजो) जारी गरेको सूचना अनुसार अब नेपालले खेल्ने म्याच पनि मध्य जुनसम्ममा सकिने छ। 

नेपालल अवे गेम खेलिसकेको छ भने एक होम म्याच पनि खेलिसकेको छ।

यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरू कोरोना भाईरसको महामारीको कारण स्थगित गरेर सबै खेल २०२१ मा मात्र गराउने एएफसीले बताएको थियो।

संयुक्त छनोट अन्तर्गत नेपालले खेल्ने रिटर्न लेग अन्तर्गतका डे ७ र ८ को खेल मार्चमा हुनेछ। यस्तै म्याच डे ९ र १० को खेल जुनमा हुने एएफसीले जनाएको छ।

अब नेपालले घरेलु मैदानमा जोर्डन, अष्ट्रेलिया र चाईनिज ताईपेइसँग खेल्न बाँकी रहेको छ।

छनोट अन्तर्गत नेपाल अवे खेलमा कुवेतसँग ७–० र होम लेगमा १–० ले पराजित भएको थियो। 

कुवेतसँगको खेलका समयमा दशरथ रंगशाला तयार नभएको कारण नेपालले होम गेम भुटानमा खेलेको थियो।

यस्तै, अष्ट्रेलियासँग ५–० गोलको हार बेहोरेको नेपालले जोर्डनसँग ३–० गोलले पराजित भयो।

नेपालले चाईनिज ताईपेलाई उसकै मैदानमा २–० गोलले हराउन सकेको छ।

समूह ‘बी’ मा रहेको नेपाल ५ खेलबाट ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहको शीर्षस्थानमा अष्ट्रेलिया रहेको छ।

अहिले नेपाली राष्ट्रिय टोली दुई मैत्रीपूर्ण खेलमा लागि बंगलादेशको भ्रमणमा छ। नेपालले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ।
 

प्रकाशित: Nov 12, 2020| 00:51 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।