आइतबार, असार २८, २०८३

एकै खेलमा पोर्चुगलको ७ गोल

बुधबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरालाई ७–० गोल अन्तरले हराएको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं – बुधबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरालाई ७–० गोल अन्तरले हराएको छ। 

पोर्चुगलको मैदानमा सम्पन्न खेलमा जितका लागि क्रिस्टियानो रोनाल्डो र जोआ फेलिक्सले गोल गरे।

युईएफए नेसन्स लिगको तयारीस्वरुप खेलिएको पोर्चुगलले फाराकिलो जित निकालेको हो।

खेलको आठौं मिनेटमा पेद्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। 

त्यस्तै पाउलिन्होले २९ औं र ६१ औं मिनेटमा गोल गरे भने रेनाटो सान्चेजले ५६ औं मिनेटमा गोल गर्दै टिमलाई चार गोलको अग्रतामा पुर्याए।

एता एन्डोराका इमिल गर्सियाले आफ्नै पोस्टमा गोल गर्दै पोर्चुगललाई नै गोल कोसेली दिए।

पाँच गोलले अघि रहेको अवस्थामा रोनाल्डो र फेलिक्सले गोल गर्दै खेलको बीट मारेका थिए।

बुधबार राति नै सम्पन्न खर्को मैत्रीपूर्ण खेलमा स्पनेले नेदरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको छ।

स्पेनका लागि सर्जियो क्यानालेसले गोल गरे भने नेदरल्यान्डसका लागि डोनी भान डि विकले गोल गरे।

मैत्रीपूर्ण खेलमै जर्मनीले घरेलु मैदानमा इस्टोनियाँलाई ४–० गोलले हराएको छ भने बेल्जियमले घरेलु मैदानमा स्विजरल्यान्ड २–१ गोलले जित निकालेको छ।

यी टिमले आउँदो शनिबार नेसन्स लिगमा प्रतिस्पर्धा गर्दैछन्।
 

प्रकाशित: Nov 12, 2020| 00:37 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।