मंगलबार, चैत ३, २०८२

आईपीएल २०२० : जो बेन्चमै बसेर फर्किए

अनुबन्धित भएपछि पनि प्लेइङ सेटमा मौका पाउन निकै मुस्किल छ आईपीएलमा। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- मुम्बई इन्डियन्सलाई उपाधि सुम्पिँदै आईपीएल २०२० सकिएको छ। दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौं पटक मुम्बई च्याम्पियन बनेको हो। 

National life

हरेक क्रिकेटरको सपना हो, आईपीएल। विश्वकै महँगो र चर्चित लिग आईपीएलमा खेल्न पाउनु खेलाडीको लागि ठूलो अवसर हो। विश्वस्तरका खेलाडीको जमघट हुने आईपीएलमा अनुबन्धित हुन पाउनु ठूलै उपलब्धि हो। 

अनुबन्धित भएपछि पनि प्लेइङ सेटमा मौका पाउन निकै मुस्किल छ आईपीएलमा। 

आईपीएलमा सबै खेलाडी खेल खेलेर उच्च प्रदर्शन गर्न चाहन्छन्। तर चार जनामात्रै विदेशी खेलाडी खेल्न पाउने भएकाले कतिपय खेलाडी बेन्चमै सीमित भएका छन्। 

आईपीएलको यस संस्करणमा १२ जना विदेशी खेलाडीले एउटा पनि खेल खेल्ने मौका पाएनन्। 

Laxmi sunrise bank
kumari

दिल्ली क्यापिटल्सले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई कुनै पनि खेलमा मौका दिएन। दिल्लीले लिग चरणका १४, प्ले अफ दुई र फाइनल गरी १७ वटा खेल खेल्दा सन्दीप मैदानमा पस्नै पाएनन्। 

दिल्लीले वेस्ट इन्डिजका अलराउन्डर किमो पललाई पनि यस सिजनमा पूरै बेन्चमा राख्यो। ५० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका पल दिल्लीको रोजाइमा पर्न सकेनन्। 

दक्षिण अफ्रिकी तीव्र गतिका बलर हार्डसलाई किंग्स इलेभेन पन्जाबले पूरा सिजन बेन्चमै राख्यो। पन्जाबले तीव्र गतिका बलर शेल्डन कटरेल र क्रिस जोर्डनलाई खेलाउँदा जेम्श निशमलाई अलराउन्डरको रुपमा खेलाएको थियो। ग्लेन म्याक्सवेल र निकोलस पूरन पञ्जाबको पहिलो रोजाइमा परे।

कोलकाता नाइट राइडर्समा अनुबन्धित भएका तीव्र गतिका बलर अली खान पनि बेन्चमै सीमित भए। अली खानलाई कोलकाताले ह्यारी गर्नीको स्थानमा मौका दिएको थियो। तर सुरुवाती समय बेन्चमा बसेका उनले पछि भने चोटका कारण प्रतियोगिता नै गुमाउन पुगे।

कोलकाताकै टिम सिफर्ट कुनै खेलमा मौका नपाउने खेलाडी हुन्। चार विदेशी खेलाडीमा कोलकाताले मोर्गन, रसेल, कमिन्स र फर्गुसनलाई खेलायो। 

उपाधि जितेको मुम्बई इन्डियन्सका क्रिस लिन पूरै सिजनमा तालीमात्रै बजाएर बसे। सन् २०१९ मा कोलकाताबाट उच्च प्रदर्शन गरेका लिन राम्रो लयमा थिए। उनलाई मुम्बईले २ करोड भारतीय रुपैयाँमा किनेको थियो। मुम्बईले ओपनरमा सुरुवातदेखि नै दक्षिण अफ्रिकी क्विन्टन डी ककलाई अवसर दिएको थियो। ककको प्रर्दशन पनि उत्कृष्ट रह्यो। 

मुम्बईकै युवा अलराउन्डर शेर्फान रदरफोर्डले पनि कुनै खेलमा क्षमता देखाउन पाएनन्। बेन्चमा ताली बजाएरै उनी च्याम्पियन बनेका छन्। अलराउन्डरको रुपमा वेस्ट इन्डिजका काइरन पोलार्ड पहिलो रोजाइमा परे।

न्युजिल्यान्डका तीव्र गतिका बलर मिचेल म्याक्लेनाघन पनि बेन्चमै बसे। मुम्बईमा अनुबन्धित उनले कुनै पनि खेलमा मौका पाउन सकेनन्। मुम्बईले तीव्र गतिका बलर ट्रेन्ट बोल्टलाई नियमित खेलायो। बोल्टले लगातार उच्च प्रदर्शन गरेपछि म्याक्लेनाघन पूरै खेलमा बेन्चमा बस्नुपर्यो।

राजस्थानका  तीव्र गतिका बलर ओशेन थोमस आईपीएलमा उच्च प्रदर्शन गर्ने सोचका साथ यूएई पुगेका थिए। तर राजस्थानमा विश्वका उच्च स्तरीय खेलाडीको बाहुल्य हुँदा कुनै पनि खेलमा मौका पाउन सकेनन्। प्रमुख बलर जोफ्रा आर्चरको छायामा थोमस पर्न पुगे। संघर्ष गर्दागर्दै राजस्थान लिग चरणबाट बाहिरियो।

हैदराबादका स्पिन अलराउन्डर फबिएन एलेनले पनि कुनै पनि खेलमा मौका पाउन सकेनन्। हैदराबादमा डेभिड वार्नर, राशिद खान, केन विलियम्सन र जेसन होल्डरले खेल्दै उच्च प्रदर्शन गरे। स्पिनरमा राशिद खान हुँदा फबिएनले मौका पाउन सकेनन्। 

हैदराबादकै बिली स्टानलेक पनि पूरै सिजन बेन्चमा बसेर फर्किए। हैदराबादको ब्याटिङ कमजोर रहँदा अलराउन्डरको रुपमा होल्डरलाई खेलायो। अर्कोतर्फ हैदराबादमा भारतीय तीव्र गतिका बलरको बाहुल्य थियो। 

दक्षिण अफ्रिकी खेलाडी डेविड मिलरले राजस्थानबाट एकमात्र खेल खेल्ने मौका पाएका थिए। पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध खेले पनि उनी कुनै बल नेखेल्दै नन स्ट्राइकरमा रन आउट हुन पुगेका थिए।

उक्त खेलपछि भने उनले राजस्थानमा मौका पाउन सकेनन्। आक्रामक ब्याटिङका लागि परिचित मिलरलाई राजस्थानले कुनैपनि खेलमा मौका दिएन।

प्रकाशित: Nov 11, 2020| 00:51 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।