बिहीबार, वैशाख ३१, २०८३

‘पिरतीको चस्मा’मा जितु नेपालको अभिनय

हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको ‘पिरतीको चस्मा’ गीतको म्युजिक भिडियो मा जितु नेपालले अभिनय गरेका छन्। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं- हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको ‘पिरतीको चस्मा’ गीतको म्युजिक भिडियो मा जितु नेपालले अभिनय गरेका छन्। 

National life

पछिल्लो समय टिकटकमा  भाइरल जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकालसँग जितु नेपालले अभिनय गरेका हुन्।  
 
समारिका र स्मारिकाले पहिलो पटक अभिनय गरेको गीतको भिडियोमा जितु नेपाल ‘मुन्द्रे’को पनि म्युजिक भिडियोमा पहिलो अनुभव भएको बताइएको छ।  

उनले आफूले अहिलेसम्म म्युजिक भिडियोमा अभिनय नगरेको बताउँदै  पहिलो पटक नाँच्दा रमाइलो अनुभव भएको बताए।

राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको गीतमा राजन इशानको संगीत संयोजन छ।  गीतमा राजा राजेन्द्र पोखरेलको स्वर छ। 

माइकल चन्दको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन विकास दहालले गरेका हुन्। गीतको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन्।

गीतमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामा लगायतकाको अभिनय छ। 

प्रकाशित: Nov 10, 2020| 05:36 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्