शनिबार, चैत ७, २०८२

आईपीएल फाइनलमा आज दिल्ली र मुम्बई भिड्दै, कसको पल्ला भारी ?

उपाधीका लागि आज राति पौने ८ बजे पहिलो पटक आईपीएल फाइनलमा पुगेको दिल्ली क्यापिटल र चार पटकको उपाधी विजेता मुम्बई इन्डियन्स भिड्ने छन् ।
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं- १३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को उपाधि भिडन्त आज राति पौने ८ बजे हुँदैछ । 

National life

उपाधीका लागि पहिलो पटक आईपीएल फाइनलमा पुगेको दिल्ली क्यापिटल र चार पटकको उपाधी विजेता मुम्बई इन्डियन्स भिड्ने छन् । पहिलो पटक फाइनलमा पुगेको दिल्लीका लागि यो खेल जति महत्वपूर्ण छ उपाधी जोगाउन मुम्बईका लागि उति नै प्रतिष्ठापूर्ण छ । 

पाँच पटक फाइनलमा पुगेको मुम्बईले चार पटक उपाधि जितेको छ। अनुभवका आधारमा मुम्बई दिल्लीभन्दा धेरै बलियो टिम हो। जारी सिजनमा पनि दिल्ली र मुम्बईबीच तीन खेल भइसकेका छन्।

दुई खेल लिग चरणमा भएका थिए भने एक खेल पहिलो क्वालिफायरमा भएको थियो। तर तीनै खेलमा दिल्ली पराजित भएको थियो । 

हेड टू हेडमा पनि दिल्ली कमजोर देखिन्छ। यी दुई टिमबीच अहिलेसम्म २७ खेल भएका छन्। जसमा १५ खेल मुम्बईले जितेको छ भने १२ खेल दिल्लीले जितेको छ। मुम्बई र दिल्ली सिजन सुरु हुँदा २४ खेलमा समान १२/१२ जितहार थियो।

Laxmi sunrise bank
kumari

मुम्बईले दिल्लीमाथी लगातार जित निलेपछि ऊ अघि बढेको हो।

पछिल्ला सिजनमा खराब प्रदर्शन गरिरहेको दिल्ली यो सिजमा भने उत्कृष्ट प्रदर्शन गदैं फाइनलको यात्रा तय गर्यो। तर लिग चरणको अन्तिममा लगातार चार खेल हारेर नाजुक अवस्थामा पुगेको उसले अन्तिम खेलमा बैंगलोरलाई हराएपछि मात्र शीर्ष दोस्रो स्थान सुरक्षित गर्न सफल बन्यो।
तर, लिगका अंकतालिकामा जारी सिजनका बलियो टिम दिल्ली र मुम्बई नै हुन्।

आजको खेलमा दिल्लीले जित निकाल्न सके उसले आईपीएलमा नयाँ इतिहास बनाउने छ। ऊ पहिलोपटक विजेता बन्नेछ। त्यस्तै मुम्बईले जित निकाले उसले पाचाैं पटक उपाधि चुम्नेछ।

मुम्बईले २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो। यसअघिको खेलमा दिल्लविरुद्ध मुम्बईको प्रदर्शन हेर्ने हो भने मुम्बई विजेता हुने सम्भावना धेरै छ।

यता, दिल्लीलाई आजको खेल मुम्बईसँग बदला लिने अवरको रुपमा पनि हुनेछ। तर फाइनल खेलअघि मुम्बईले ६ दिनको रेस्ट पाएको छ भने दिल्लीले दुई दिनको मात्र रेस्ट पाएको छ।

सम्भावित प्लेइङ सेट

मुम्बई : रोहित शर्मा, क्विंटन डिकक, इशान किसन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, क्रुणल पाण्ड्या, किरोन पोलार्ड, जसप्रित बुमराह, जेम्स पटिन्सन, ट्र्न्ट बोल्ट

दिल्ली : श्रेयस अयर, ऋषभ पन्त, शिखर धवन, अजिंक्य रहाणे, शिमरन हेट्मायर, मार्कस स्टोइनिस, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्किया, रविचन्द्र अश्विन, तुषार देशपाण्डे
 

प्रकाशित: Nov 10, 2020| 03:00 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।