आइतबार, असार २८, २०८३

महिला टी–२० च्यालेन्जको उपाधि ट्रेलब्लाजरलाई

महिला टी–२० च्यालेन्जको उपाधि ट्रेलब्लाजरले जितेको छ। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– महिला टी–२० च्यालेन्जको उपाधि ट्रेलब्लाजरले जितेको छ। 

सोमबार राति सम्पन्न  खेलमा उसले सुपरनोभालाई १६ रनले हाराउँदै उपाधि जितेको हो।

युनाइटेड अरब इमिरेट्स (यूएइए) इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअपका खेलसँग समानान्तर रुपमा भइरहेको च्यालेन्स नोभेम्बर चारबाट मात्र सुरु भएको थियो।

तीन टिमको हभागिता रहेको च्यालेन्जमा भेलोसिटी भने नेट रन रेटमा पछि पर्दै यसअघि नै बाहिरिसकेको थियो। 

लिग खेलमा तीन टिमले समान १–१ जित निकाल्दै २– २ अंक बनाएका थिए।

त्यसपछि फाइनलमा पुगेका सुपरोभा र ट्रेलब्लाजरबीच शारजाह रंगशालामा सम्पन्न खेलमा ट्रेलब्लाजरले १६ रनको जित निकाल्यो।

टस हारेर ब्याटिङको निम्तो पाएको ट्रेलब्लाजारले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ११८ रन बनायो। 

११९ रनको लक्ष्य पछ्याएको सुभरनोभा १०२ रनमै समेटिएपछि उपाघि ट्रेलब्लाजारको पोल्टामा पर्यो।

खेलमा ४९ बलमा ६८ रन प्रहार गरेकी स्मृति मन्धना प्लेयर अफ दि म्यान बनिन्। 

जितका लागि डियन्द्रा डोट्टिनले २० रन बनाउनुबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

यता सुपरनोभाकी राधा यादवले ५ विवकेट गिराइन।

जवाफी ब्याटिङमा आएको सुपरनोभाका कप्तान हरमनप्रिक कौरले ३०, शषिकला सिरिवद्र्धनेले १९ रन बनाए। 

यता विजेता टिमका सल्मा खातुनले तीन र दिप्ती शर्माले दुई विकेट लिए।

आईपीएल टी–२० को फाइनल खेल आज दिल्ली र मुम्बईबीच राति पौने ८ बजे हुँदैछ।

प्रकाशित: Nov 10, 2020| 01:54 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।