मंगलबार, चैत ३, २०८२

पाँच देशका ६ कप्तानको एउटा खेल 

काठमाडौं– एउटा खेलमा दुईजना कप्तान हुनुपर्ने हो। तर आजको आईपीएल म्याचमा केही फरक देखिएको छ।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं– एउटा खेलमा दुईजना कप्तान हुनुपर्ने हो। तर आजको आईपीएल म्याचमा केही फरक देखिएको छ।

National life

विश्वकै सर्वाधिक महँगो टी–२० क्रिकेट इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भइरहेको खेलमा छ जना कप्तानको उपस्थिति छ।

दिल्ली क्यापिटलका कप्तान हुन् श्रेयस अयर। त्यस्तै रविचन्द्र अश्विन किंग्स इलेवन पञ्जाबका पूर्वकप्तान हुन्। अश्विनले क्लबलाई गति दिन नसकेपछि उनले दुई वर्षअघि मात्र पञ्जाब छोडेर दिल्ली ज्वाइन गरेका हुन्।

यता सनराइजर्स हैदरबादका डेबिड वार्नर क्लबकै मौजुदा कप्तान हुन् भने उनले अष्ट्रेलियाका टिमबाट पनि लामो समय कप्तानी सम्हालिसकेका छन्।

हैदराबादसँग अन्य देशका टिमको कप्तानको पनि कमी छैन। अफगानिस्तान, वेस्ट इन्डिज र न्युजिल्यान्डका कप्तान हैदराबादको टिममा छन्।

Laxmi sunrise bank
kumari

राशिद खान, र जेसन होल्डर क्रमशः अफगानिस्तान र वेस्ट इन्डिजका टेस्ट कप्तान हुन् भने केन विलियम्सन न्युजिल्यान्डको सबै फर्म्याटको क्रिकेटका कप्तान हुन्।

दुवै टिमका जम्मा छ कप्तान पाँच देखका हुन्। रविचन्द्र अश्विन र श्रेयर अयर भारतका हुन् भने अन्य खेलाडी छुट्टाछुट्टै देशका हुन्।
 

प्रकाशित: Nov 08, 2020| 13:49 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।